साना सेयर लगानीकर्ताले प्यान नम्बर लिनु नपर्ने



हाम्रो इकोनोमि

 

सरकारले ५ लाख भन्दा कमको कारोबार गर्ने सेयर लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिनु नपर्ने जनाएको छ । आगाम बैशाख १ गतेबाट सेयर लगानीकर्ताहरुका लागि प्यान नम्बर अनिवार्य गर्ने भनिएकोमा एक पटकमा ५ लाख भन्दा कमको कारोबार गर्ने साना लगानीकर्तालाई त्यो लागू नहुने भएको हो ।

 

नेपाल धितोपत्र बोर्डका अनुसार आगामी बैशाख १ गतेबाट दोस्रो बजारमा एक पटकमा ५ लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्ताहरुले भने अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने हुन्छ ।

 

साना-ठूला सेयर लगानीकर्तालाई करको दायरामा ल्याउन चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने विषय समेटिएको थियो ।

 

तर, लगानीकर्ता तथा सम्वद्धपक्षहरुसँगको छलफल तथा अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार बोर्डले साना लगानीकर्तालाई प्रोत्साहन गर्न ५ लाख भन्दा कमको सेयर कारोबार गर्ने लगानीकर्तालाई प्यान नम्बर अनिवार्य नगर्ने निर्णय भएको जनाएको छ ।

 

‘…साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्डले निर्णय गरेको छ । लगानीकर्ताहरु तथा अन्य सरोकारवालाहरुको सुझाव अनुसार गरिएको यस व्यवस्थाले दोस्रो बजार कारोवारमा स्थायी लेखा नम्बर कार्यान्वयन सहज रुपमा अगाडि बढ्ने अपेक्षा बोर्डले गरेको छ’, बिहीबार बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल संस्थागत लगानीकर्ताहरुले प्यान नम्बर लिएको भए पनि व्यक्तिगत लगानीकर्ताहरुले भने लिएका छैनन् । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर लगानीकर्ताहरुका लागि प्यान नम्बर अनिवार्य गरिने उल्लेख गरेका थिए । गत कात्तिकमा अर्थमन्त्रालयले धितोपत्र बोर्डलाई प्यान नम्बर अनिवार्य गर्न पत्राचार गरेको थियो ।

 

धितोपत्र बोर्डले जारी गरेको प्रेस विज्ञप्ती

बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आवश्यक गृहकार्य गर्न पत्राचार गरेपछि केही लगानीकर्ताका संघ संगठनहरु भने यसको विरोधमा थिए । लगानीकर्ताहरुका केही संघहरुले प्यान अनिवार्य नगर्न धितोपत्र बोर्डको ध्यानाकर्षण गराउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...