‘स्वतन्त्र मधेश गठबन्धन’को राष्ट्रिय परिषद् बैठक आह्वान, यस्तो छ सीकेको तयारी



हाम्रो इकोनोमि

 

सीके राउत नेतृत्वकाे स्वतन्त्र मधेश गठबन्धनकाे राष्ट्रिय परिषद् बैठक बस्ने भएकाे छ। बैठक आउँदो चैत ४ र ५ गते जनकुपुरमा तय गरिएकाे छ।

अघिल्लाे शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी मूलधारकाे राजनीतिमा फर्किएका राउतले गठबन्धनकाे राष्ट्रिय परिषद् बैठक बाेलाएका हुन्।

गठबन्धनले सरकारसँग गरेकाे सम्झाैतालाई ऐतिहासिक सफलता र विजय भएकाे बताउँदै यसपछिकाे रणनीति तय गर्न बैठक डाकेकाे जनाएकाे छ।

राष्ट्रिय परिषद् बैठकमा सामेल हुने सबै पार्टी सदस्यलाई चैत ४ गते सोमबार बिहान ‍७ बजे भित्रै कार्यक्रम स्थलमा आउन सूचित गरिएकाे छ।

सरकारसँग सहमति गरेकाे दाेस्राे दिनमै गृहनगर जनकपुर पुगेका राउतकाे गठबन्धनका नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए।

सहमतिसँगै सरकारको चर्काे आलोचना भइरहेको छ । सहमतिपछि मधेशझरेका राउतको स्वागतमा सहमति विपरित पूरानै झण्डा र ब्यानर  प्रयोग गरेको भनेर आलोचना भइरहेको छ ।

सरकारसँगको सहमति र यी सबै गतिविधिबारे बैठकले प्रष्ट पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...