‘स्वतन्त्र मधेश गठबन्धन’को राष्ट्रिय परिषद् बैठक आह्वान, यस्तो छ सीकेको तयारी



हाम्रो इकोनोमि

 

सीके राउत नेतृत्वकाे स्वतन्त्र मधेश गठबन्धनकाे राष्ट्रिय परिषद् बैठक बस्ने भएकाे छ। बैठक आउँदो चैत ४ र ५ गते जनकुपुरमा तय गरिएकाे छ।

अघिल्लाे शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी मूलधारकाे राजनीतिमा फर्किएका राउतले गठबन्धनकाे राष्ट्रिय परिषद् बैठक बाेलाएका हुन्।

गठबन्धनले सरकारसँग गरेकाे सम्झाैतालाई ऐतिहासिक सफलता र विजय भएकाे बताउँदै यसपछिकाे रणनीति तय गर्न बैठक डाकेकाे जनाएकाे छ।

राष्ट्रिय परिषद् बैठकमा सामेल हुने सबै पार्टी सदस्यलाई चैत ४ गते सोमबार बिहान ‍७ बजे भित्रै कार्यक्रम स्थलमा आउन सूचित गरिएकाे छ।

सरकारसँग सहमति गरेकाे दाेस्राे दिनमै गृहनगर जनकपुर पुगेका राउतकाे गठबन्धनका नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए।

सहमतिसँगै सरकारको चर्काे आलोचना भइरहेको छ । सहमतिपछि मधेशझरेका राउतको स्वागतमा सहमति विपरित पूरानै झण्डा र ब्यानर  प्रयोग गरेको भनेर आलोचना भइरहेको छ ।

सरकारसँगको सहमति र यी सबै गतिविधिबारे बैठकले प्रष्ट पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...