ट्रकमा यसरी आगो लगाए विप्लवका कार्यकर्ताले



हाम्रो इकोनोमि

 

उत्तरी मकवानपुरको त्रिभुवनराजपथ अन्तर्गत थाहा नगरपालिका –४ नयाँगाउँमा नचिनेको समूहले ट्रकमा आगजनी गरेका छन् । काठमाण्डौबाट हेटौँडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

 

पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकम रहेको चालकसहित ३ जनालाई ट्रकबाट आरालेर उनीहरुले आगो लगाएका हुन् । ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । ट्रकको अगाडिको भाग पूरै जलेको छ ।

 

विप्लव कार्यकर्ताद्धारा जन्ती बसमा आगजनी

 

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कैलालीमा एक जन्तीबसमा आगजनी गरेका छन् । विप्लव नेतृत्वको नेकपाले बन्दको उलंघन गरेर बस चलाएको भन्दै आगजनी गरेका हुन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार बिहान मे १ ख ४४१ नम्बरको जन्तीबसमा आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । नेकपाका कार्यकर्ताले बसमा सवार सबैलाई बाहिर निकालेर आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...