ट्रकमा यसरी आगो लगाए विप्लवका कार्यकर्ताले



हाम्रो इकोनोमि

 

उत्तरी मकवानपुरको त्रिभुवनराजपथ अन्तर्गत थाहा नगरपालिका –४ नयाँगाउँमा नचिनेको समूहले ट्रकमा आगजनी गरेका छन् । काठमाण्डौबाट हेटौँडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

 

पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकम रहेको चालकसहित ३ जनालाई ट्रकबाट आरालेर उनीहरुले आगो लगाएका हुन् । ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । ट्रकको अगाडिको भाग पूरै जलेको छ ।

 

विप्लव कार्यकर्ताद्धारा जन्ती बसमा आगजनी

 

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कैलालीमा एक जन्तीबसमा आगजनी गरेका छन् । विप्लव नेतृत्वको नेकपाले बन्दको उलंघन गरेर बस चलाएको भन्दै आगजनी गरेका हुन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार बिहान मे १ ख ४४१ नम्बरको जन्तीबसमा आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । नेकपाका कार्यकर्ताले बसमा सवार सबैलाई बाहिर निकालेर आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...