५५ वर्षीय ससुराले ३३ वर्षीया बुहारीसँग गरे विवाहः भने, ‘यसकारण उठाएँ यस्तो कदम’



हाम्रो इकोनोमि

 

सामाजिक मूल्य मान्यतालाई तोड्दै ५५ वर्षीय जेलर निषादले आफ्नो जेठो छोराकी श्रीमतीलाई विवाह गरेका छन् । यसबारे गाउँलेलाई शनिबार थाहा भएपछि घटनाबारे पर्दाफास भएको हो । विवाह किन गरियो भन्ने प्रश्न सोधियो तब उनले यो विवाहलाई बाध्यताको नाम दिए ।

 

यस्तो छ पूरा मामलाः

घटना गोरखपुरबाट करिब २५ किलोमिटर टाढा चौरी चौरा गाउँको हो । यहाँका जेलर निषादले जून १३ तारिखमा आफ्ना जेठो छोराकी श्रीमती पुन्नू (३३ वर्ष) सँग विवाह गरे । दुबैले गोप्य तरिकाले मन्दिरमा विवाह गरे ।

 

– शनिबार आफ्नो सम्बन्धबारे गाउँमा खुलासा गर्दै जेलरले भने, ‘यो विवाह गर्नु मेरो बाध्यता थियो । मैले छोराको धोकापछि बुहारीलाई नयाँ जीवन दिनका लागि यस्तो कदम उठाएको हुँ । छोराको व्यवहारमा म लज्जित छु ।’

 

– ‘मेरो छोरा दिलिपले अर्की महिलासँग विवाह गरेको छ । दोस्रो विवाह गरेपछि छोराको घर आउ–जाउ नै बन्द भयो । बुहारीमाथि चार सन्तानको जिम्मेवारी छ । म चाहन्थें कि उनले आफ्नो जीवन अगाडि बढाउन् । त्यसैले मैले उनको हात थामें ।’

 

चार वर्षदेखि छोरा घर फर्किएको छैनः

जेलरका जेठो छोरा दिलिपले सन् २००१ मा पुन्नुसँग विवाह गरेका थिए । चार सन्तान छन् – सुमन, बिन्दु, गणेश र सन् २०१३ मा शुभम पैदा भयो । कामका लागि गएका दिलिपले दोस्रो विवाह गरे । जेलरका अनुसार छोरा अन्तिम पटक सन् २०१३ मा घर आएका थिए ।

 

 

गाउँलेले भने, ‘ससुरा बुहारीको सम्बन्धमा छोरालाई थियो शंका’

– एकतर्फ जेलरले आफ्ना छोरालाई धोकेबाज भनिरहेका छन् भने गाउँलेले उनलाई नै दोषी ठहराएका छन् ।

गाउँमा बस्ने रामशरणले भने, ‘दिलिप बिहान बेलुकाको छाक टार्न थुप्रै शहरमा गएर काम गर्दछन् । यसैबिच जेलर र उनकी बुहारी नजिकिए । एकपटक घर फर्किएका छोराले दुबैलाई आपत्तिजनक अवस्थामा पनि देखेका थिए । छोरा बुहारी बिच यसै कारण उनीहरुबिच झगडा हुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...