कांग्रेसले भन्यो ११ बुँदे सहमतिमा सरकार फस्यो



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले ११ बुँदे सहमतिको साझा व्याख्या सार्वजनिक गर्न सरकार र सिके राउत पक्षसँग माग गरेको छ । सहमतिको दोस्रो बुँदाले विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकै तर्फबाट बैधानिकता दिएको भन्दै कांग्रेसले सरकारले यसलाई तत्काल सच्याउनुपर्ने वा दुबै पक्षको संलग्नतामा साझा व्याख्या गर्नुपर्ने बताएको हो ।

 

बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले  जनअभिमतमा आधारित लोकतान्त्रिक विधि भन्नाले जनमतसंग्रहकै अर्थ लाग्ने भन्दै सरकार षड्यन्त्रमा फसेको हो वा सरकार स्वयं राष्ट्रघाती षड्यन्त्रमा सहभागी भएको हो भन्ने प्रश्न उब्जिएको बताएका छन् ।

 

सिके राउतले जनमत संग्रह गर्न सरकार सहमत भएको भनी ब्याख्या गरेको ५ दिन भइसकेको र जनकपुरमा स्वतन्त्र मधेसको ब्यानरसहित प्रदर्शन भएको तीन दिन बित्दासमेत सरकारले सामान्य प्रतिक्रिया जनाउनु रहस्यमय भएको कांग्रेसले बताएको छ ।

 

प्रवक्ता शर्माले तराइ मधेसमा देखिएको असन्तुष्टि हल गर्ने मूल बाटो संविधान संशोधन नै हो भन्दै संविधान संशोधन नगरी सिके राउतसँग सहमति गर्नु राष्ट्रघाती हो कि होइन भनी प्रश्न गरेका छन् ।

 

कांग्रेस नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राष्ट्रघाती भनेको भन्दै शर्माले प्रश्न गरेका छन् । ‘संविधान संशोधनको त्यो प्रस्ताव राष्ट्रघाती कि जनमत संग्रहको यो सम्झौता राष्ट्रघाती ?’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...