छातीको एक्सरे गर्न आएकी युवतीलाई डाक्टरले अरु नै गरेपछि



हाम्रो इकोनोमि

 

छातीको एक्सरे गर्न आएकी युवतीलाई कोठामा लगेर ‘अर्थोकै’ गरेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । पाल्हीनन्दन गाउँपालिका–४ लोहरौलीमा एक्सरे प्याथोलोजी क्लिनिकका सञ्चालक २४ वर्षीय अमृश यादवले १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् । दुर्व्यवहार आरोपमा पक्राउ परेका यादव रामग्राम नगरपालिका–९ का हुन् । केही समयदेखि यादवले लोहरौलीमा क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

 

दुर्व्यवहार गरेको भन्दै स्थानीयले क्लिनिकमा तोडफोड गरेका छन् । आक्रोाशित स्थानीयवासीले प्रहरीको गाडीमा समेत तोडफोड गरेका छन् । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

 

ल्याव असिस्टेण्ट समेत रहेका निजी क्लिनिक सञ्चालक यादवले छातीको एक्सरे गर्ने भन्दै कोठाभित्र लगेर यौन दुव्र्यवहार गरेको पीडित पक्ष र प्रहरीको आरोप छ । दुर्व्यवहारमा पर्ने किशोरी भने भारतीय हुन् । छाती दुखेपछि भारतीय स्वास्थ्यकर्मीको सल्लाहमा एक्सरे गर्न किशोरी बुवासहित क्लिनिकमा पुगेकी थिइन् । भारतीय सीमा क्षेत्रको बर्गदवामा एक्सरे सेवा उपलव्ध छैन । जसकारण त्यस क्षेत्रका भारतीय बिरामीहरु सीमावर्ती नेपालका स्वास्थ्य संस्था र क्लिनिकहरुमा आउने गरेका छन् ।

 

प्रहरीका अनुसार भारतको सीमावर्ती बजार बर्गदवाबाट बुवासँग आएकी किशोरीलाई एक्सरेका लागि छातीको कपडा खोल्न लगाएका थिए । यादवले किशोरीका बाबुलाई बाहिर राखेर एक्सरे कक्ष बन्द गरेका थिए । छातीको कपडा र अन्य कपडा खोल्ने प्रयास गर्दै अन्य संवेदनशील अंगमा हात लग्न थालेपछि किशोरी चिच्चाउँदै एक्सरे कक्षबाट बाहिर आएको उनलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।

 

दुर्व्यवहारपछि आरोपितलाई मोसो दल्ने तयारीमा रहेका स्थानीय र प्रहरीबीच भनाभन भएको थियो । त्यस क्रममा स्थानीयले प्रहरी चढेको बा १ झ ६४४५ नम्बरको गाडी समेत तोडफोड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रेस चौतारीका पूर्वअध्यक्ष अर्यालले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

    प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी...

नेपाली अर्थराजनितिका मियो, लोकप्रिय नेता पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

      हेमराज सिलवाल एमालेको उपाध्यक्ष एवम नेपाल सरकारको पूर्वअर्थमन्त्री पाण्डेले नेकपा...

एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...