बमजन आश्रममा यातना पाएकी विदेशी महिलाले बमजनविरुद्ध दिल्लीमा हालिन् उजुरी



हाम्रो इकोनोमि

 

तपश्वीका रुपमा चिनिएका रामबहादुर बमजनको आश्रममा आफूले यातना पाएको भन्दै एक विदेशी महिलाले बमजनविरुद्ध भारतको दिल्लीमा उजुरी हालेकी छन् ।

 

बमजनको ज्यादतीबारे नेपाल प्रहरीले छानविन र कार्वाही नगर्ने निष्कर्षसहित उनले भारत गएर उजुरी हालेको खबर भारतीय सञ्चार माध्यममा प्रकाशित भएका छन् । नेपालमा रहँदा बम्जनको आश्रममा आफूमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्दै ती विदेशी महिलाले दिल्ली महिला आयोगमा उजुरी दिएकी हुन् ।

 

चेक रिपलिब्लककी ५० वर्षीया महिलाले दिल्ली महिला आयोगमा दिएको उजुरी अनुसार बमजनको शिविरमा शारीरिक र मानसिक यातना पाएपछि उनी केही पर्यटकको मद्दतमा भागेर भारत पुगेकी हुन् । उनले भारतबाट ‘एक्जिट भिसा’ दिलाउन दिल्ली महिला आयोग समक्ष गुहार मागेपछि उनको निवेदन अनुसार दिल्ली महिला आयोगले भिसा उपलब्ध गराएर हालै स्वदेश फर्काएको जनाइएको छ ।

 

आयोगकी प्रमुख स्वाति मालिवालका अनुसार ती महिलाले नेपालमै आफ्ना कागजात र पासपोर्ट गुमाएकी थिइन् । दिल्लीस्थित चेक रिपब्लिक दूतावासमा दिल्ली महिला आयोगले उनका लागि आपतकालीन राहदानीका लागि सम्पर्क गरेको थियो ।

 

भारतीय अखबार नव भारत टाइम्समा प्रकाशित समाचार अनुसार सन् २०१२ मा ती महिलाले चेक रिपब्लिकमा आफ्नो छोराको असामयिक निधनपछि नेपालको उक्त आश्रममा आश्रय लिएकी थिइन् । बोधि श्रवण धर्म संघका नाममा रहेको आश्रमका तपश्वी रामबहादुर बमजनले ती महिलालाई ‘बोक्सी’ घोषणा गरेको उक्त अखबारमा उल्लेख गरिएको छ ।

 

आश्रममा उनलाई बाँधेर राखिएको र शारीरिक तथा मानसिक यातना दिइएको बताइएको छ । यहाँसम्म कि, उनको हात समेत भाँचिएको थियो । प्रहरी समेत बमजनसँग मिलेका कारण उजुरी गर्न नसकेको ती महिलालाई उद्धृत गर्दै समाचारमा उल्लेख छ ।

 

केही पर्यटकले उनलाई उद्धारको प्रयास गरेका थिए । आश्रममै फसेका अन्य महिलालाई उद्धार गर्ने उद्देश्यसहित उनी ४ महिनापछि फेरि त्यही आश्रममा पुगेको बताइएको छ । ४ वर्षसम्म विभिन्न निकायमा पहल गर्दा पनि बमजनमाथि कार्वाही हुन नसकेको भन्दै उनी भागेर दिल्ली पुगेको समाचारमा उल्लेख छ ।

 

 

समाचारमा ती महिलाको परिचय र नेपालमा उनी बसेको आश्रमको ठेगाना भने खुलाइएको छैन । दिल्ली महिला आयोगकी अध्यक्ष स्वातिले उनको उजुरीमाथि कार्वाहीका लागि नेपाली अधिकारीहरुलाई आग्रह गरिने बताएकी छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...