सरकारले प्रतिबन्ध विप्लवलाई होइन, हिसा, आतंक र लुटपाटगर्नेलाई गरेको हो



हाम्रो इकोनोमि

 

नेकपाका नेता सूर्य थापाले विप्लवलाई  सरकारले लगाएको प्रतिबन्ध बारे यस्तो लेख्छन ।

एनसेलका टावरहरू ध्वस्त पार्ने, वैदेशिक राेजगार व्यवसायी राेहन गुरूङकाे घरमा बम पड्काउने, चन्दा आतंक मच्चाउने र हिंसाकाे सहारामा यस्तै के के गर्ने ?

सरकारले प्रतिबन्ध विप्लवलाई हाेइन, हिसा, आतंक र लुटपाटलाई गर्ने निर्णय गरेकाे हाे । हिंसाकाे प्रिय साधन अपनाएर शान्तिपूर्ण र खुला गतिविधि गर्न शायदै संसारमा कहीकतै मिल्छ ? कुरा स्पष्ट छ ।

 

याे कुरा स्वयं विप्लवजीलाई पनि थाहा छ । कुरा चपाउनु आवश्यक छैन । संविधानअन्तर्गत क्रियाशील शक्तिहरूलाई प्राप्त अधिकार, संविधान मान्न तयार भएका पक्षहरूलाई गर्ने व्यवहार त सरकारले उत्पात र हिंसा मच्चाउने कुनै शक्तिहरूलाई गर्दैन ।

र, त्यस्ताे छुट दिन सक्दैन नै । संविधान नमान्न पाइन्छ, हिंसा मच्चाउन पाइदैन । याे राजनीतिकाे कखरा जान्ने जाेकाेहीले नबुझेकाे विषय हाेइन ।अब कुरा आमनेसामने नै भएकाे छ ।

हिंसा मच्चाए- प्रतिबन्ध हुनु स्वभाविक छ । संविधान मानेर आए वा हिंसाकाे बाटाे परित्याग गरे प्रतिबन्ध फुकुवा हुन्छ ।अनि सरकारले नयाँ सहमति गर्छ !अब कुन बाटाे राेज्ने ?बल विप्लवजीकाे काेर्टमा पुगेकाे छ ।बुझ्नुपर्छ बम पड्काएर गरिएका गतिविधिहरूकाे प्रतिक्रिया हाे याे प्रतिबन्ध !!!

(नेकपाका नेता सूर्य थापाको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...