राजा आउन सक्छन डाक्टर राजेश अहिराज



हाम्रो इकोनोमि

 

बरिष्ट अधिवक्ता तथा राजनीतिक विश्लेषक डाक्टर राजेश अहिराजले नेपालका ७ प्रदेश खारेज गरेर ३ प्रदेश मात्र उपयुक्त हुने बताउनुभएको छ । यदि देशमा अनेकौँ फण्डाको अन्त्य गर्ने हो भने अनेक नामका प्रदेश खारेज गर्ने मागी खाने भाँडो बनेका दलहरुलाईपनि रोकेर २ दलमात्र स्थापित गर्नुपर्ने धारणा राख्नुभएको हो ।

 

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता, विप्लवमाथी सरकारको प्रतिबन्ध लगायतका विषयमा जोडिएर विश्लेषण गर्नुभएको हो । राजनीतिक बिश्लेषक एवम् मधेश मामिला बिज्ञ डाक्टर अहिराजका अनुसार यीनै नेता, यही आचरण र यही व्यवस्थाबाट मुलुकले निकास पाउने छैन ।

 

प्रवृति यस्तै रहे मधेशमा केही बर्षभित्र बिद्रोहको ज्वारभाटा सृजना हुने र त्यसले मुलुकलाई गृहयुद्धमा लैजाने उहाँको अड्कल छ । यसका लागि अहिले बिभिन्न देशहरुले बिभिन्न नाममा मधेशमा पैसाको खोलो बगाइरहेकोपनि उहाँको खुलासा छ ।

 

मधेश केन्द्रीत दल र तीनका नेताहरुबिरुद्ध नै मधेशमा बिद्रोह सुरु हुने अहिराजको दाबी छ । मधेशका नाममा आफनो मात्र स्वार्थ पूर्ती गर्नेतर्फ लागेकाले उनीहरुको भविश्य नभएको अहिराजको ठोकुवा छ । मधेशले ‘समभाव’ खोजेको छ, डा. अहिराज भन्नुहुन्छ, ‘मधेशी जनताले ‘समभाव’ मात्र खोजेका छन् ।

 

केन्द्र सरकारले बिभेदरहित ढंगले सम्मानजनक व्यवहार मात्रै गरेपनि धेरै समस्याको समाधान हुन्छ । उहाँले थप्नुभयो सबैलाई समान ब्यवहार गर्नुपर्छ अनेकौँ प्रदेश खारेज गर्नुपर्छ । अनि दलहरुमाथी कठोर बन्दै २ विचारमा मात्र प्रतिस्पर्धा हुनेगरी २ दलिय व्यवस्था लागू गर्नुपर्छ । उहाँले दावी गर्नुभयो यही सिराबाट एकदिन समाधान खोजिनेछ । त्यो बेला पूर्व राजाकोपनि स्थान आउनसक्छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...