बीर अस्पतालमा मृत्युसँग लड्दै मोडल निशा, बचाईदिन बाबुको सहयोगीहरुलाई अपिल



हाम्रो इकोनोमि

 

कलाकारितामा आफ्नो नाम स्थापित गराउन सङ्घर्षरत मोडल निशा घिमिरे अहिले काठमाडौँस्थित बीर अस्पतालको ट्रमा सेन्टरमा मृत्युसँग लडिरहेकी छिन् । केही समय अगाडि भारतमा नृत्य पढ्ने क्रममा उनी सवारी दुर्घटनामा परेकी हुन् ।

 

गएको पुस १८ गते भारतको देहरादुनमा कार दुर्घटनाबाट घाइते भएकी निशालाई १८ दिनसम्म भारतमै उपचार गरिएको र आर्थिक स्थितिले धान्न गाह्रो परेपछि नेपाल झिकाईएको थियो । माघ ७ गतेबाट राजधानीको ट्रमा सेन्टरमा भर्ना गरिएको छ । भएको रुपैयाँ पैसा सबै भारतमा खर्च गर्दा सकिएकाले सहयोग गरिदिन सबै सहयोगी मनहरुलाई उनका पिताले अपिल गरेका छन् ।

 

उनलाई कलाकार सपना लामिछानेले सहयोग गरेकी छिन् । राजधानीको ट्रमा सेन्टरमा उपचार गराइरहेकी निशालाई सपनाले आफ्नो व्यक्तिगत तर्फबाट रु पचास हजार उनका बुबालाई हस्तान्तरण गरिन् ।

 

सामुदायिक वन उपभोक्ता महासघ नेपाल ललितपुर जिल्ला महासघका अध्यक्ष प्रेम प्रसाद घिमिरेकी निशा कान्छी छोरी हुन् । उनी मोडलिङ्गमा स्थापित हुन चाहान्थिन् । कलाकारितामा अब्बल बन्ने सोचले उनी भारतमा नृत्यको कक्षा लिन गएकी थिएन् । भारतमा निशा चढेको कार दुर्घटनामा परि गम्भिर घाइते भएकी थिइन् । उनको अचेत अवस्थामा ट्रमा सेन्टर काठमाडौ मा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रेस चौतारीका पूर्वअध्यक्ष अर्यालले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

    प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी...

नेपाली अर्थराजनितिका मियो, लोकप्रिय नेता पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

      हेमराज सिलवाल एमालेको उपाध्यक्ष एवम नेपाल सरकारको पूर्वअर्थमन्त्री पाण्डेले नेकपा...

एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...