बीर अस्पतालमा मृत्युसँग लड्दै मोडल निशा, बचाईदिन बाबुको सहयोगीहरुलाई अपिल



हाम्रो इकोनोमि

 

कलाकारितामा आफ्नो नाम स्थापित गराउन सङ्घर्षरत मोडल निशा घिमिरे अहिले काठमाडौँस्थित बीर अस्पतालको ट्रमा सेन्टरमा मृत्युसँग लडिरहेकी छिन् । केही समय अगाडि भारतमा नृत्य पढ्ने क्रममा उनी सवारी दुर्घटनामा परेकी हुन् ।

 

गएको पुस १८ गते भारतको देहरादुनमा कार दुर्घटनाबाट घाइते भएकी निशालाई १८ दिनसम्म भारतमै उपचार गरिएको र आर्थिक स्थितिले धान्न गाह्रो परेपछि नेपाल झिकाईएको थियो । माघ ७ गतेबाट राजधानीको ट्रमा सेन्टरमा भर्ना गरिएको छ । भएको रुपैयाँ पैसा सबै भारतमा खर्च गर्दा सकिएकाले सहयोग गरिदिन सबै सहयोगी मनहरुलाई उनका पिताले अपिल गरेका छन् ।

 

उनलाई कलाकार सपना लामिछानेले सहयोग गरेकी छिन् । राजधानीको ट्रमा सेन्टरमा उपचार गराइरहेकी निशालाई सपनाले आफ्नो व्यक्तिगत तर्फबाट रु पचास हजार उनका बुबालाई हस्तान्तरण गरिन् ।

 

सामुदायिक वन उपभोक्ता महासघ नेपाल ललितपुर जिल्ला महासघका अध्यक्ष प्रेम प्रसाद घिमिरेकी निशा कान्छी छोरी हुन् । उनी मोडलिङ्गमा स्थापित हुन चाहान्थिन् । कलाकारितामा अब्बल बन्ने सोचले उनी भारतमा नृत्यको कक्षा लिन गएकी थिएन् । भारतमा निशा चढेको कार दुर्घटनामा परि गम्भिर घाइते भएकी थिइन् । उनको अचेत अवस्थामा ट्रमा सेन्टर काठमाडौ मा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...