भारतको प्रतिबन्धसँगै नेपालमा पनि बोइङ ७३७ म्याक्सलाई ‘नो इन्ट्री’



हाम्रो इकोनोमि

 

 

भारतले बोइङ ७३७ म्याक्सलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न रोक लगाएको छ । यससँगै बोइङ ७३७ म्याक्स नेपाल आउने बाटो पनि बन्द भएको छ ।

इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा १५७ जनाको ज्यान गएपछि बोइङ ७३७ म्याक्समाथि विभिन्न देशले प्रतिबन्ध लगाएको छ । पछिल्लो पटक बुधबार भारतको नागर विमान मन्त्रालयले साँझ ४ बजेबाट भारतीय हवाई क्षेत्रमा कुनै पनि बोइङ ७३७ म्याक्स मोडललाई प्रवेश नदिने बताएको छ ।

 

भारतले बोइङ ७३७ म्याक्सलाई आफ्नो हवाई क्षेत्र प्रवेश गरेर एक देशबाट अर्को देशमा जान रोक लगाएपछि नेपालमा पनि म्याक्स आउने बाटो बन्द भएको छ ।

नागरिक उड्डयन प्रधिकरणका अनुसार नेपालमा हाल बोइङ ७३७ म्याक्सले उडान भरेका छैनन् ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार इथियोपियन एयरलाइन्सको दुर्घटना अघिसम्म सिल्क एयरको एउटा बोइङ ७३७ म्याक्स विमान नेपाल आउने गरेको थियो । तर, सिंगापुरले बोइङ ७३७ म्याक्समा रोक लगाएपछि सो विमान नेपालमा पनि आएन ।

अब भारतको नयाँ निर्णयले बोइङ ७३७ म्याक्सलाई नेपाल आउने सबै बाटो बन्द भएको छ । किनभने नेपाल आउन भारत वा चीनको एयर रुट प्रयोग गर्नैपर्छ । चीनले पनि यो विमानमाथि प्रतिवन्ध लगाइसकेको छ ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले नेपालमा बोइङको ३३७ म्याक्स सिरिजका विमानमा प्रतिवन्ध लगाउने वा नलगाउने भन्ने विषयमा छलफल थालिएको जानकारी दिए ।

हाल नेपालका कुनै पनि नेपाली एयरलाइन्ससँग यो सिरिजका विमान छैनन् । तर, विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायकले यो सिरिजका विमानमार्फत नेपालमा उडान भर्न सक्छन् ।

‘हामी अन्तर्राष्ट्रिय वस्तुस्थिति र विमानको सुरक्षा विश्लेषण गरेर एउटा निश्कर्षमा पुग्छौं,’ गौतमले भने,‘भारतले रोकेपछि यसै पनि नेपालमा यो सिरिजमा विमान प्रवेश गर्ने बाटो बन्द हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...