भारतको प्रतिबन्धसँगै नेपालमा पनि बोइङ ७३७ म्याक्सलाई ‘नो इन्ट्री’



हाम्रो इकोनोमि

 

 

भारतले बोइङ ७३७ म्याक्सलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न रोक लगाएको छ । यससँगै बोइङ ७३७ म्याक्स नेपाल आउने बाटो पनि बन्द भएको छ ।

इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा १५७ जनाको ज्यान गएपछि बोइङ ७३७ म्याक्समाथि विभिन्न देशले प्रतिबन्ध लगाएको छ । पछिल्लो पटक बुधबार भारतको नागर विमान मन्त्रालयले साँझ ४ बजेबाट भारतीय हवाई क्षेत्रमा कुनै पनि बोइङ ७३७ म्याक्स मोडललाई प्रवेश नदिने बताएको छ ।

 

भारतले बोइङ ७३७ म्याक्सलाई आफ्नो हवाई क्षेत्र प्रवेश गरेर एक देशबाट अर्को देशमा जान रोक लगाएपछि नेपालमा पनि म्याक्स आउने बाटो बन्द भएको छ ।

नागरिक उड्डयन प्रधिकरणका अनुसार नेपालमा हाल बोइङ ७३७ म्याक्सले उडान भरेका छैनन् ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार इथियोपियन एयरलाइन्सको दुर्घटना अघिसम्म सिल्क एयरको एउटा बोइङ ७३७ म्याक्स विमान नेपाल आउने गरेको थियो । तर, सिंगापुरले बोइङ ७३७ म्याक्समा रोक लगाएपछि सो विमान नेपालमा पनि आएन ।

अब भारतको नयाँ निर्णयले बोइङ ७३७ म्याक्सलाई नेपाल आउने सबै बाटो बन्द भएको छ । किनभने नेपाल आउन भारत वा चीनको एयर रुट प्रयोग गर्नैपर्छ । चीनले पनि यो विमानमाथि प्रतिवन्ध लगाइसकेको छ ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले नेपालमा बोइङको ३३७ म्याक्स सिरिजका विमानमा प्रतिवन्ध लगाउने वा नलगाउने भन्ने विषयमा छलफल थालिएको जानकारी दिए ।

हाल नेपालका कुनै पनि नेपाली एयरलाइन्ससँग यो सिरिजका विमान छैनन् । तर, विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायकले यो सिरिजका विमानमार्फत नेपालमा उडान भर्न सक्छन् ।

‘हामी अन्तर्राष्ट्रिय वस्तुस्थिति र विमानको सुरक्षा विश्लेषण गरेर एउटा निश्कर्षमा पुग्छौं,’ गौतमले भने,‘भारतले रोकेपछि यसै पनि नेपालमा यो सिरिजमा विमान प्रवेश गर्ने बाटो बन्द हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...