जनताको जस्तो अवस्था त्यस्तै जीवनशैलीका नेपाली राजनीतिज्ञ : तस्विले नै सम्मान भाव प्रकट



हाम्रो इकोनोमि

 

नेपालमा राजनीति गर्ने व्यक्तिहरु विलासी भएको आरोप लाग्ने गर्दछ । नेपालको सबैभन्दा धेरै भ्रष्ट्राचार भएको क्षेत्र नै राजनीति भएको धेरैको आरोप छ । एक कार्यक्रममा चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा सबैभन्दा भ्रष्ट्रचार भएको राजनीति भएको दावी गर्नुभएको थियो ।

 

प्रशासन क्षेत्रमा भन्दा धेरै आर्थिक अनिमियता नेताहरुमा वा राजनीतिक दलहरुमा हुने देखिएको छ । नेपालमा मुल धारको राजनीतिमा भएका नेताहरुले गरेको चमत्कारिक परिवर्तनका अगाडी जनता पनि चकित परेका छन् । जनताको लागि लामो समय संघर्ष गरेका , सबथोक छोडेर हिडेका नेताहरुको विलासी जीवनशैली देख्दा जनतामा एक प्रकारको आक्रोश दखिन्छ ।

 

पछिल्ला दिनहरुमा नेपालमा वैकल्पिक राजनीति पनि विकसित बन्दै गएको छ । नेपाली जनताले राजनीति भनेपछि फोहोरी खेल भएको भन्दै नेताहरुमा भएको विश्वास विस्तारै कम गर्न थालेका छन् । विकल्पमा आएका शक्तिहरुले जनतामा आफ्ना कुराहरु लिन सकेनन् वा जनतालाई बुझाउन सकेनन् ।

 

निर्वाचनमा कतिपय स्थानमा आफ्नो नेताहरुको बारेमा सब कुरा जानकारी भएर पनि उसैलाई जिताउँनु पर्ने बाध्यता जनतामा रहेको छ । आज हामी वैकल्पिक शक्तिको रुपमा रहेको बिबेकशील साझा पार्टीका प्रवक्ता सुर्यराज आर्चायको बारेमा कुरा गर्न गइरहेका छौ । आर्चाय ३२ बर्ष बिशिष्ठ श्रेणीको जागिर खानु भएको थियो । उहाँ अझै पनि टेम्पोमा यात्रा गर्नुहुन्छ । काठमाडौमा भाडाको घरमा बस्नुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त पूर्वाधारविद हुनुहुन्छ ।

 

उहाँ निकट व्यक्तिहरु भन्छन् उहाँले कार चढ्न नसक्ने होईन् तर उहाँ भित्र कुनै घमण्ड छ न कुनै पूर्वाग्रह छ । यो तस्विर सामाजिक सञ्जालमा एकदमैं भाइरल भइरहेको छ । जनमोर्चाका नेता एवम पूर्वमन्त्री चित्र बहादुर केसी पनि टेम्पोको यात्रा गर्नुहुन्छ । उहाँले पनि राजनीतिमा लामो समय बिताउँनु भएको छ तर उहाँमा पनि घमण्ड देखिदैन ।

 

अर्को तिर नेकपा नेता एवम अहिलेका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि टेम्पो देखि साइकलसम्म यात्रा गर्नुभएको छ । उहाँको आफ्नो नीजि गाडी, र काठमाडौंमा घर नभएको जनाइन्छ । उहाँ सरकारमा गएपछि केही समय आलोचनको शिकार बन्नु परेको थियो । उहाँले आफुले मागेको नभई सरकारले दिएको सुविधा प्रयोग गरेको प्रतिकृया दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...