विप्लवलाई लुटेरा समूह भन्ने कुरा गलत होः प्रचण्ड



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई लुटेरा समूह भनेर भन्नू गलत रहेको भन्दै आपत्ति जनाएका छन्।

१० वर्षे जनयुद्धका नायक प्रचण्डले विप्लवलाई आफूले नजिकबाट चिनेको र उनी अत्यन्तै महत्वाकांक्षि नेता भएको जनाएका छन् । विप्लवलाई सुझाव दिदै प्रचण्डले भने- राष्ट्रिय, अन्तराष्ट्रिय स्थिति हेरेर मात्रै अगाडी बढ्नु पर्ने हुन्छ । अन्यथा उहाँहरुलाई समस्या पर्न सक्छ ।

विप्लव जी लगायत हामी सबै सगै आएर नेपालको विकास र संबृद्दिका लागि काम गर्ने भन्दै शान्ति प्रक्रियामा आएको र हामीले युद्ध त्यागेर शान्तिपूर्ण आन्दोलनमा आएको कुरा हो । तर, उहाँहरु  त्यो कुरालाई समेत ध्यान दिन जरुरी च। लोकतन्त्र, गणतन्त्र हाम्रै एजेण्डा हुन् । यसर्थ केहि भएको छैन भन्ने कुरा होइन । हामीले हाम्रा उपलब्धिलाई संस्थागत गर्ने तिर लाग्नु पर्छ । प्रचण्डले भने ।

हिजो मैले जसरी रणनीति, कार्यनीति या स्कूलिङ भनौं न गर्थ्ये त्यही कुरालाई विप्लवहरुले पछ्याउन खोजेको बाहेक अरु केही म देख्दिन । त्यो हिजोको कुरालाई फलो अहिले गर्ने होइन, हिजोको एउटा भिन्न परिस्थिती थियो । जस्तोः राजतन्त्र विद्ध्यमान थियाे । राज्यमा कहीँ कतै पनि उत्पीडित जाति, क्षेत्र, लिंगको प्रतिनिधित्व नहुने गरेको अवस्था थियाे, विभेद चौरैतिर थियाे, त्यो स्थिती अहिले होइन ।

तर, विप्लवलाई लुटेरा समुह भनेर भन्नु भन्दा राजनीतिक तवरले समस्या समाधान खोज्नु पर्छ भन्ने मेरो बुझाई हो । प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...