सडकमा बेच्न राखिएको जडीबुटी खाँंदा एकको मृत्यु, पाँच जना बेहोश



हाम्रो इकोनोमि

 जिउ दुखेको निको हुने भन्दै जडीबुटी खाँदा धनकुटामा एक जनाको ज्यान गएको छ । परिवारका अन्य पाँच सदस्य बेहोश भएका छन् ।

सडकमा बिक्रीका लागि राखिएको जडीबुटी खाँदा धनकुटा नगरपालिका–९ बेलहराका ६३ वर्षीय माधव प्रधानको मृत्यु भएको हो ।

२७ फागुनको बेलुकी जडीबुटी खाएका सबै बेहोश भएपछि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको थियो । प्रधानको आज बिहान मृत्यु भएको र अन्य सदस्यको उपचार भइरहेको प्रहरीले बताएको छ ।

बिरामी हुनेमा श्रीमती नरमाया प्रधान (६१), छोरी कविता प्रधान (३१), ज्वाई दिपक प्रधान (३१), नाती कुशल प्रधान (११) र छोरी सीमा प्रधान (३७) रहेका छन् ।

उनीहरुले भेडेटारस्थित पाथिभरा मन्दिर नजिकै बेच्न राखिएको जडिबुटी खाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निरीक्षक सुरज खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...