देशको टुक्रिने कुरा त परै जाओस,एक चिम्टी माटो पनि गुम्न दिंदैनौं ः अध्यक्ष पौडेल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले देशको एक चिम्टी माटो पनि गुन्न नदिने भन्दै डा सिके राउतले सरकारसँग भएको भद्र सहमति उलङ्घन गरे उनीमाथि भयावह स्थिती आउने चेतावनी दिनुभएको छ ।आफ्नो सामाजिक सञ्जालमा एक स्ट्टयाटस लेख्दै अध्यक्ष पौडेलले राष्ट्र र राष्ट्रिय अखण्डताको विरुद्धमा आउने जो कोहीलाई पनि युवा संघ नेपालले प्रतिकार गर्ने चेतावनी दिनुभएको छ । प्राण भन्दा प्यारो राष्ट्रिय अखण्डता भएको भन्दै अध्यक्ष पौडेलले सिके राउतले सरकारसँग भएको सहमतिलाई कमजोरी ठाने उनीले खनेको खाडलमा आफै फस्ने र त्यसको नेतृत्व युवा संघले गर्ने समेत चेतावनी दिनुभएको छ । उहाँको स्ट्टयाटस जस्ताको तस्तै स्सिके राउतका कार्यकर्ताले जनकपुरमा जे गरे त्यो कुराले सरकारसँगको सहमत उलङ्घन भएको छ ।

यसरी सहमति उलङ्घन गर्दै जाने हो भने र सहमतिअनुसार नचल्ने हो भने हामी मात्रै चल्नुपर्छ भन्ने हुन्न र त्यसको परिणाम भयावह हुनेछ । यो देशको कुनै भुभाग त के एक चिम्टी माटो पनि हाम्रो प्राण भन्दा प्यारो छ हेक्का रहोस । फेरि पनि सरकारको ईमानदार प्रयत्नलाई कसैले कमजोरी नठाने हुन्छ । देशको सर्वोपरि हित नै हामी सबैको अभिष्ट हुनुपर्दछ । अझै हेर्दै जाउ । आतिनु पर्ने केही छैन । देशलाई बलियो र सम्बृद् बनाउनु नै हामी सबको कर्म र धर्म हो । पपुलर हुन के भन्ने र गर्ने भन्दा पनि देशको हित के गर्दा हुन्छ त्यो सोचौ । विकाउ कुरा हैन टिकाउ कुरा गरौ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...