ओली सरकार ढाल्ने तयारी, गृहमन्त्रीले गरे खुलासा



हाम्रो इकोनोमि

 

गृहमन्त्री बहादुर थापा ‘बादल’ ले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार ढाल्न देशीविदेशी शक्तिले मोर्चा कसेको बताएका छन् ।

पार्टी सचिवालय सदस्यसमेत रहेका बादलले रुपन्देहीको भैरहवामा सोमबार आयोजित नेकपाको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अहिलेको राज्य व्यवस्था उल्ट्याउन एउटा वर्ग लागिरहेको आरोप लगाए ।

‘पराजित शक्तिहरु यो सरकार उल्ट्याउन र पराजित गर्न चहान्छन्’, उनले भने, ‘प्रतिगामी शक्तिहरु यसमा लागि रहेका छन् । साम्राज्यवादी र प्रतिगामीका लागि कम्युनिष्ट सरकार तारो बनेको छ ।’

नेकपाले चमत्कारिक उपलब्धी हासिल गरेको बताउँदै पराजितहरु यसलाई उल्ट्याउन लागिरहेको बादलले पटकपटक दोहोर्याए । ‘सरकार गिराउन षड्यन्त्र भइरहेका छन्, भित्र र बाहिरका शक्तिहरु मिलेर यस्तो खेल खेलिरहेका छन्’, उनले भने, ‘तर समाजवादका आधार यही सरकारले निर्माण गर्छ । हामी यी चुनौतीलाई चिर्दै अघि बढेका छौँ ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...