ओली सरकार ढाल्ने तयारी, गृहमन्त्रीले गरे खुलासा



हाम्रो इकोनोमि

 

गृहमन्त्री बहादुर थापा ‘बादल’ ले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार ढाल्न देशीविदेशी शक्तिले मोर्चा कसेको बताएका छन् ।

पार्टी सचिवालय सदस्यसमेत रहेका बादलले रुपन्देहीको भैरहवामा सोमबार आयोजित नेकपाको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अहिलेको राज्य व्यवस्था उल्ट्याउन एउटा वर्ग लागिरहेको आरोप लगाए ।

‘पराजित शक्तिहरु यो सरकार उल्ट्याउन र पराजित गर्न चहान्छन्’, उनले भने, ‘प्रतिगामी शक्तिहरु यसमा लागि रहेका छन् । साम्राज्यवादी र प्रतिगामीका लागि कम्युनिष्ट सरकार तारो बनेको छ ।’

नेकपाले चमत्कारिक उपलब्धी हासिल गरेको बताउँदै पराजितहरु यसलाई उल्ट्याउन लागिरहेको बादलले पटकपटक दोहोर्याए । ‘सरकार गिराउन षड्यन्त्र भइरहेका छन्, भित्र र बाहिरका शक्तिहरु मिलेर यस्तो खेल खेलिरहेका छन्’, उनले भने, ‘तर समाजवादका आधार यही सरकारले निर्माण गर्छ । हामी यी चुनौतीलाई चिर्दै अघि बढेका छौँ ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...