वाइडबडी भ्रष्टाचारमा नाम जोडिएका कांग्रेस सभापति देउवा भन्छनः देश भ्रष्टाचार मुक्त हुनुपर्छ



हाम्रो इकोनोमि

 

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज जलजला गाउँपालिका–४ मोहनचोकमा पार्टी कार्यालय भवनको शिलान्यास गर्नुभएको छ ।

मल्लाजका अगुवा मोहनबहादुर मल्लको स्मृतिमा नेपाली काङ्ग्रेस जलजला गाउँपालिकाले सो भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि मल्ल परिवारले सत्र मिटर लम्बाइ तथा १५ मिटर चौडाइ भएको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको काङ्ग्रेस जलजला गाउँपालिका–३ का संयोजक रवी भण्डारीले जानकारी दिनुभयो ।

शिलान्यासपछि सभापति देउवाले सरकारले कार्यशैली सुधार नगरे आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले सरकार बलात्कारी र हत्याराको संरक्षणमा लागेको आरोप लगाउनुभयो । सरकारको गैरजिम्मेवारीका कारण देशको शान्ति, सुरक्षा र लगानीको वातावरण बिथोलिएको उहाँको भनाइ थियो । सभापति देउवाले आन्तरिक एकतालाई बलियो बनाएर कम्युनिष्ट सरकारको गलत कामका विरुद्ध आन्दोलनमा उत्रिएर देशलाई भ्रष्टाचार मुक्त र सुरक्षित बनाउन आवश्यक रहेको बताउनुभयो ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग सरकारले गरेको सम्झौताको बारेमा सरकारको धारणा माग गर्नुभयो । उहाँले सरकारको दाबी विपरित राउतले गतिविधि गरिरहेकाले प्रधानमन्त्री ओलीले सम्झौताबारे स्पष्ट पार्नुपर्ने बताउनुभयो । “देशलाई विखण्डन गर्ने सम्झौता र सहमति काङ्ग्रेसलाई सह्य हुन्न”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...