पत्नीको उपचारका लागि अमेरिका जाँदै प्रचण्ड, फेरि के भयो सीता दाहाललाई ?



हाम्रो इकोनोमि

 नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जाने भएका छन् ।

फाइल फोटो

लामो समयदेखि अस्वस्थ सीताको उपचारका लागि चैत ४ गते प्रचण्ड अमेरिका जान लागेका हुन् । उनको साथमा छोरी गंगा दाहाल पनि अमेरिका जाने जनाइएको छ ।

वासिङटन डिसीस्थित नेपाली दूतावास स्रोतकाअनुसार सीताको उपचार वाल्टिमोरस्थित जोन हप्किन्स अस्पतालमा हुनेछ । प्रचण्ड करिव ११ वर्षपछि अमेरिकाको भ्रमणमा जाँदैछन् ।

यसअघि सीताको उपचार वैंकक र सिङ्गापुरमा भए पनि त्यहाँ ठिक हुन नसकेपछि अमेरिका लैजाने तयारी भएको जनाइएको छ । छोरा प्रकाश दाहालको निधनपछि उनको स्वास्थ्य अवस्था झन् कमजोर बनेको पारिवारिक स्रोत बताउँछ ।

भेनेजुयला प्रकरणअघि नै प्रचण्ड अमेरिका जाने तयारी भए पनि व्यस्तताका कारण उनको भ्रमण हुन पछि सरेको थियो । भेनेजुयला प्रकरणपछि कतिपयले उनलाई अमेरिका नजान सुझाव दिए पनि अन्ततः प्रचण्ड अमेरिका जाने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...