तपाई भात खाँदैं हुनुहन्छ कि विष, यसरी भयो डरलाग्दो खुलासा !



हाम्रो इकोनोमि

 

हामी नेपालीहरु अधिकांशमा भात खाने प्रचलन हुन्छ । विशेष गरेर नेपालको शहरी क्षेत्रमा भात खाने प्रचलन रहेको छ । गाउँमा भात भन्दा पनि रोटी सहज हुन्छ तर शहरी क्षेत्रमा यो अलिक अफट्यारो प्रक्रिया छ ।

 

दैनिक भात खाएन भने शरीरमा के नपुगेको जस्तो महसुश हुन्छ । पछिल्लो समय बजारमा सेता पोलिस गरिएका चामलहरु पाइन थालिएको छ । यस्तो चामल निकै आकर्षक खालको हुने भएको कारणले मानिसहरु यस्तो चामललाई प्रति आकिर्षत भई यस्तै चामल खान्छन् ।

 

दाल, भात, तरकारी र अचार मानिसको स्वास्थ्यको लागी उत्कृष्ट मानिए पनि सेतो चामल चाहि विष हुने कुरा चिकित्सकले बताउँदै आएका छन् । हामीले हरेक दिन खादैं आएको सेतो चामल स्वास्थ्यको लागी उपयुक्त छ वा छैन् भन्ने बारेमा अर्थो न्युरो हेल्थ केयर लगनखेलका प्राकतिक तथा क्रोनिक ब्याक एक्सपटले भात अमृत भएपनि सेतो भात भने विष बराबर हुने कुरा बताएका छन् ।

 

भात सेतो नभई ब्राउन हुने भएकाले उनले सेता चामल स्वास्थ्यको लागी निकै हानिकारक हुने कुरा बताउँदै चामल त्यत्तिकै सेतो नहुने र हामीले खादैं आएका चामल सेतो भएपछि पौष्टिक तत्व फालिने भएकाले शरीरलाई हानी गर्ने बताए । उनका अनुसार चामल धान केलाएर हेर्दा जहिल्यै पनि ब्राउन र यहि चामलमा मात्र पोषक तत्व पाइने कुरा बताए ।

 

धान कुटेर चामल निकाल्दा बाहिरी पत्रलाई ढुटो र ब्रानको साथमा फालिने गरिन्छ, तर हामीले मिल्काउने ब्रान वा ढुटोबाट भिटामिन र महंगो तेल बन्ने गर्दछ, यस्ता ब्रान र ढुटो बन्ने तत्व चाहि मानिसको लागी महत्वपूर्ण हुन्छ । हामीले ब्रान र ढुटो मिल्काएको सेतो चामलमा एक कार्बोहाइडेट मात्र पाइन्छ । ब्राउन राइस एक सुपर फुड भएकाले यसमा मानवलाई चाहिने अत्यावश्यक तत्वहरु पाइन्छ ।

 

जस्तै उच्चस्तरको प्रोटिन, आवश्यक फ्याटी एसिड, भिटामिन बी कम्प्लेक्स, एन्टी अक्सिडेन्ट, क्याल्सियम, आइरन मिनरल्स आदि । यसलाई उसिना ब्राउन राइस बनाएर खाएमा ग्लाइसेमिक इण्डेक्समा सुधार आउँछ । यस्तो चामललाई मधुमेहको रोगीले खान सक्नेछन् । पोलिस लगाएको सेतो चामलमा सिम्पल कार्बोहाइडे«ट मात्र पाइन्छ ।

 

यस्तो चामलले मोटोपना, इन्सुलिन सुगर रोग बढाउने काम गर्दछ । त्यस्तै विज्ञानले सेतो चामल वा पोलिस गरिएको चामल खानाले रक्तनलिको रोगको साथमा क्यान्सरको जोखिम बढाउने कुरा प्रमाणित गरेको छ । पार्किन्सन्स अल्जाइमर र नशाका रोगहरु पनि सिम्पल सुगरकै कारण बढ्ने गर्दछ ।

 

बजारमा पोलिस गरिएको चामल मात्र पाइने कारण कहाँबाट ल्याउने ब्राउन चामल भन्ने चुनौतीको कुरा पनि हो । तर एउटा उखानै छ जहाँ इच्छा त्यहा उपाय । चामल किन्नुको सट्टा धान किनेर मिलमा लगेर चामल बनाउने हो भने स्वास्थ्यमा खराबी सिर्जना हुदैन् । अहिले धान कुटाउने चाइनिज डबल मेसिन बजारमा पाइन्छ ।

 

यसकारणले पनि बाहिरको ब्राउन भाग वा पोषकतत्व नष्ट हुने गर्दछ । ढिकीमा कुटेको धान भने ब्राउन राइस बन्न सक्दछ । यसलाई ब्राउन राइसको साथमा उसिना ब्राउन राइस पनि बनाउन सकिन्छ । चामल पोलिस गर्ने विषयमा अन्तर्राष्ट्रिय मापदण्ड भएपनि हामीले मापदण्डलाई मिचेर चामल पोलिस गरिरहेका छौं ।

 

यसो गर्नुको मेन कारण भनको लामो समय सम्म चामल नबग्रीयोस् भन्ने पनि हो । तर यस्तो चामलमा स्लो पोइजन पाइने हुदाँ । सिम्पल सगुरलाई पचाउनको लागी क्याल्सियम पनि हुदैन् । यसो हुनाले हड्डीहरु कमजोर हुने, रोगप्रतिरोधात्मक क्षमतामा कमी ल्याउने, रोगको जोखिम बढाई रगतमा सुगरको मात्रा चिनीलेझै बढाउने काम गर्दछ । विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...