विखण्डनकारी सिके राउतलाई समातेर कारबाही गर्न कमल थापाको माग



हाम्रो इकोनोमि

 

राष्ट्र विखण्डनको अभियान बोकेर हिडेको सिके राउत संग सरकारले गरेको सम्झदारीको बिषयमा अहिले बिरोध बढदै गएको छ । सरकार पक्ष देखी प्रमुख प्रतिपक्ष दलहरुका नेताले समेत सम्झौताको बिरोध गरेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सिके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता विरोधाभासपूर्ण, अमूर्त र रहस्यमय रहेको बताएका छन् । विखण्डनकारी गतिविधिलाई राउतले यथावत राखेकाले तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छन् ।

‘सहमतिपछि पटकपटक विखण्डनको एजेण्डा छोडेको कतै नदेखिन्न भन्दै राउतलाई सरकारले प्रक्ताउ गरेर कारबार्ही गर्न सरकारलाई आग्रह गरे । सहमतिका बुँदाबारे उठाइएको प्रश्नको जवाफ दिनुपर्नेमा सरकारले प्रतिरोध गरेको भन्दै उनले आक्रोस पोखे ।

दिल्लीको १२ बुँदे समझदारीपछि बढेको बाह्य हस्तक्षेपले अहिले राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि नै खतरा पैदा गराएको विश्लेषण थापाको छ ।विखण्डनकारी आवाज सतहमा आएको भन्दै थापाले त्यो नकारात्मक दिशातर्फ बहेको १२ वर्षे राजनीतिको परिणाम भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...