विखण्डनकारी सिके राउतलाई समातेर कारबाही गर्न कमल थापाको माग



हाम्रो इकोनोमि

 

राष्ट्र विखण्डनको अभियान बोकेर हिडेको सिके राउत संग सरकारले गरेको सम्झदारीको बिषयमा अहिले बिरोध बढदै गएको छ । सरकार पक्ष देखी प्रमुख प्रतिपक्ष दलहरुका नेताले समेत सम्झौताको बिरोध गरेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सिके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता विरोधाभासपूर्ण, अमूर्त र रहस्यमय रहेको बताएका छन् । विखण्डनकारी गतिविधिलाई राउतले यथावत राखेकाले तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छन् ।

‘सहमतिपछि पटकपटक विखण्डनको एजेण्डा छोडेको कतै नदेखिन्न भन्दै राउतलाई सरकारले प्रक्ताउ गरेर कारबार्ही गर्न सरकारलाई आग्रह गरे । सहमतिका बुँदाबारे उठाइएको प्रश्नको जवाफ दिनुपर्नेमा सरकारले प्रतिरोध गरेको भन्दै उनले आक्रोस पोखे ।

दिल्लीको १२ बुँदे समझदारीपछि बढेको बाह्य हस्तक्षेपले अहिले राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि नै खतरा पैदा गराएको विश्लेषण थापाको छ ।विखण्डनकारी आवाज सतहमा आएको भन्दै थापाले त्यो नकारात्मक दिशातर्फ बहेको १२ वर्षे राजनीतिको परिणाम भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...