मन्त्रीहरुको हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री ओली, को कहाँ हेर्नुहोस नाम सहित



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली लगानी सम्मेलन हुनु अघि नै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारीमा लागेका छन् । सरकारले जन अपेक्ष अनुसार काम गर्न नसकेको भन्ने आलोचना बढ्दै गएको समयमा प्रधानमन्त्री ओली कामलाई गति दिन केहि मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने मनस्थितिमा पुग्नु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

 

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका स्वर्गीय मन्त्री रविन्द्र अधिकारीले सम्हाल्दै आएका संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्रालय अहिले प्रधानमन्त्री ओलीसंगै रहेको र त्यसमा आफ्नो विस्वास पात्र ल्याएर कामलाई गतिदिन चाहनु हुन्छ प्रधानमन्त्री स्रोतकाे भनाइ छ । पछिल्लो समय केही मन्त्रीहरुको कार्यशैली सन्तोष जनक नरहेको भन्दै प्रधानमन्त्री ओलीले विशेष निगरानी गर्दै आएको समाचारहरु सार्वननिक भएका छन् ।

 

पछिल्लो पटक उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव,परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली,संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ लगाएत अन्य केही मन्त्रीहरुको जिम्मेवारी हेरफेरमा बालुवाटार लागेको छ ।

 

बालुवाटार श्रोतका अनुसार स्वास्थ्य मन्त्री यादवलाई परराष्ट्र,परराष्ट्र मन्त्री ज्ञवालीलाई सूचना वा स्वास्थ्थ मध्ये एक संचार मन्त्री बास्कोटालाई संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी दिने तयारी भैरहेको छ । परराष्ट्रमन्त्री ज्ञवालीको जिम्मेवारी टुग्निासाथ केहि दिन भित्रै मन्त्रीमण्डल पुर्नगठन हुन्छ स्रोतको दावी छ ।

 

रिक्त रहने एक पदमा मन्त्रीको लागि योगेश भट्टराईको नाम चर्चामा रहेपनि एक नम्वर प्रदेशबाट मन्त्री धैरै भएको गुनासो नेकपा भित्रै रहेको कारण नेतृत्व निर्णयमा पुग्न सकेको छैन । उता सूदुरपश्चिम प्रदेशको गुनासो पनि उस्तै छ । सूदुरपश्चिम प्रदेशलाई उपेक्षा नगर्न नेतृत्वलाई दवाव आइरहेको छ, अहिले नै नयाँ आउने अनुहारको टुङगो लागि सकेको छैन स्रोतको दावी छ ।

 

ओली र राउतको राष्ट्रघाती सम्झौता बिरुद्ध काँग्रेसले आन्दोलन गर्छ देउवाले

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेको  सिके राउतसँगको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको देउवाले बताए ।

 

नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले भने, ‘नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा हामीलाई सैहृय हुँदैन । सिकेसँगको सम्झौतालाई राष्ट्रघाती कामका रुपमा लिएका छौं । देशलाई टुक्राउने कुरा हामी मान्दैनौं ।’

 

सिके राउतले जनमत संग्रह भनेर बोलिरहेको, तर प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डनसमेत नगरेको भन्दै देउवाले आपत्ती जनाए । ‘सिके राउतले नयाँ देश बनाउँछु भनिरहेको छ । यो मूलधारको राजनीतिमा आउने कुरा होइन रहेछ,’ देउवाले भने, ‘राष्ट्रघाट गरेका छन् वास्तवमा । सिकेले बोलेको कुरामा ओली (प्रधानमन्त्री केपी शर्मा ओली) ले खण्डन गर्नुपर्‍यो ।’

 

अलग्गै देशबाट सहमति लिएजसरी सिकेले बोलिरहेको देउवाले बताए । ‘सिके राउतले अलग्गै देश बनाउन सहमति भन्छ त, मैले भनेको कुरा होइन,’ देउवाले भने, ‘देश टुक्राउने कुरा गरेको छ, मूलधारमा आएको भए त्यसो भन्थे ?’

 

सिके राउतले कसरी बोलिरहेका छन्, त्यतातिर हेर्न देउवाले आग्रह गरे । ओली सरकारले संघीयतालाई कमजोर बनाउने काम गरिरहेको देउवाले बताए । ‘प्रजातन्त्रको खिलापमा अधिनायकवाद ल्याउँदै छ ओली सरकार,’ देउवाले भने ।

 

प्रतिपक्ष कमजोर भयो भन्ने पत्रकारको सवालको देउवाले प्रतिकार गरे । ‘भोट हाल्ने बेलामा एमालेलाई हाल्ने अनि कांग्रेस कहाँ गयो, कहाँ गयो भन्ने ?,’ देउवाले भने, ‘हामी एमालेजस्तो तीन महिना संसद नै चल्ने नदिने पार्टी त होइनौं नि । अब सशक्त आन्दोलन गर्छौं ।’

 

कस्तो सशक्त आन्दोलन भन्ने कुरा गरेपछि थाहा हुने उनको भनाइ थियो । ओली प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा एउटा पनि देखाउनलायक राम्रो काम नगरेको देउवाले दाबी गरे । फौजदारी संहिताको नाममा प्रजातन्त्र र प्रेसलाई नियन्त्रण गर्ने र अधिनायकवादमा लैजाने काम गरिरहेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...