रवीन्द्रका गाउँबासी भन्छन्, ‘शून्य भयो गाउँ’



हाम्रो इकोनोमि

‘बाटो हिंड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन । अब कहाँ पाउनू, गाउँ नै शून्य भएको छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका–३३ संयन्त्रद्वारा तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकोे जन्म घर भरतपोखरी गैरागाँउ जमुनाबोटमा आयोजित १३ औँ दिनको श्रद्धाञ्जलीसभामा सहभागी अधिकारी पत्नि विद्या भट्टराई तथा छोराहरु । 

तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकोे जन्म घर भरतपोखरी गैह््रागाउँ जमुनाबोटकी ९० वर्षीया डल्लुमाया बरालले आँखाभरि आँशु बनाउँदै अधिकारीलाई सम्झिन्छिन् ।

नेपाल कम्युनिष्ट पार्टी पोखरा महानगरपालिका – ३३ संयन्त्रद्वारा अधिकारीको जन्मघरमा आयोजित १३ औँ दिनको श्रद्धाञ्जली सभामा सहभागी अधिकांशका आँखा बरालका जस्तै रसाइरहेका थिए । कोही टोलाइरहेका थिए । कोही अधिकारीको तस्वीर हेरिरहेका थिए त कोही अधिकारी पत्नी र छोराहरु हेरेर भावुक बनेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका–३३ संयन्त्रद्वारा तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकोे जन्म घर भरतपोखरी गैरागाँउ जमुनाबोटमा आयोजित आयोजित १३ औँ दिनको श्रद्धाञ्जली सभाका सहभागी । 

श्रद्धाञ्जलीसभामा प्रदेशसभा सदस्य कृष्ण थापाले आफूले बोकेको विचार जनतासमक्ष पु¥याउन सक्ने प्रभावशाली व्यक्तित्व अधिकारी रहेको स्मरण गरे । अधिकारीले सधैँ गुनगुनाउने गीतको पंक्ति सम्झँदै थापाले भने, ‘आँधी बताससँग जुधेर फुलेको सुन्दर फूल जस्तो, सुख्खा असिनादेखि बचेर झुलेको धानको बाला जस्तो यो जीन्दगी हाम्रो खेर नजाओस् ।’ उहाँ सधैँ गुनगुनाउनु हुन्थ्यो । अब उहाँको सपना हामीले पूरा गर्नुपर्छ । जीवनलाई खेर जान दिनु हुँदैन ।’

नेकपा कास्कीका नेता दामोदर वैरागीले समृद्ध नेपालको सपना बोकेर साझा नेताको छवि बनाएका अधिकारी जस्तो नेताको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताउँछन् । पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले उहाँ गाउँ ठाउँका सबैले गर्व गर्ने नेता रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका–३३ संयन्त्रद्वारा तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकोे जन्म घर भरतपोखरी गैरागाँउ जमुनाबोटमा आयोजित आयोजित १३ औँ दिनको श्रद्धाञ्जली सभामा ९० वर्षीया डल्लुमाया बराल । 

अधिकारीका बालसखा एवं नेपाल राष्ट्रिय वाणिज्य सङ्घका केन्द्रीय अध्यक्ष धनराज आचार्यले गाउँको माटो र यहाँका जनताले रवीन्द्रलाई एउटा सफल नेता बनाउन धेरै भूमिका खेलेको र पञ्चायतकालका धेरै कठिन अवस्थामा पनि गाउँलेको साथ र इमान्दारीले राजनीतिक आन्दोलन अगाडि बढेको स्मरण गर्दै माटाको सम्मानमा पनि श्रद्धाञ्जली सभा उनकै जन्मघरमा गरिएको बताए ।

श्रद्धाञ्जली सभामा नेकपा वडा पार्टी संयन्त्रका संयोजक गुरुप्रसाद क्रान्तिकारी, गोपाल पुनलगायतले गाउँको शिक्षा, स्वास्थ्य र विकासमा कटिबद्ध भएर जनआकांक्षा बुझ्ने नेता गुमाउँदा गाउँ नै टुहुरो हुन पुगेको अनुभूति भएको बताए ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...