भारतले पाकिस्तान जाने नदीको पानी थुन्यो



हाम्रो इकोनोमि

 

भारतले पाकिस्तान जाने तीन नदीको पानी बन्द गरिदिएको छ । केन्द्रीय जल संशाधन राज्यमन्त्री अर्जुन मेघवालले भारत हुँदै पाकिस्तान जाने ब्यास, रावी र सतलज नदीको बहाव बन्द गरिएको बताएका हुन् ।

 

कश्मीरको पुलवा आक्रमण प्रकरणपछि भारतको केन्द्रीय जल संशाधन मन्त्री नितिन गडकरीले पाकिस्तान जाने नदीको पानी बन्द गर्न प्रधानमन्त्री कार्यालयमा सिफारिस गर्ने बताएका थिए । अहिले राज्यमन्त्री अर्जुन मेघवालले पानी बन्द गरिसकिएको बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

राज्यमन्त्री मेघवालले तीन वटै नदीलाई थुनेर पानी जम्मा गर्ने काम भइरहेको बताएका छन् । उनका अनुसार राजस्थान र पन्जाबलाई आवश्यक परेमा यो पानी प्रयोग गर्न अनुमति दिइने छ ।

 

भारतीय केन्द्रीय जलसंशाधन मन्त्री नितिन गडकरीले सिन्धु सम्झौताअनुसार भारतले आफ्नो हिस्साको पानी मात्र पाकिस्तान जानबाट रोकेको दाबी गरेका छन् ।

 

भारत र पाकिस्तानबीच १९९० मा सिन्धु जल सम्झौता भएको थियो । भारतबाट पाकिस्तानतर्फ बगेर जाने ब्यास, रावी र सतलज नदीसँग सम्बन्धित यो सम्झौता अनुसार पाकिस्तानमा ८० करोड एकड फिट पानीको आपूर्ति हुन्छ । जबकी भारतले ३.३ करोड एकड फिट पानी पाउँछ ।

 

पुलवा आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढ्दो छ । पुलवा आक्रमणमा भारतीय ४० सैनिक मारिएका थिए । आक्रमणको जिम्मा जैश ए मोहम्मदले लिएको थियो ।

 

जैश ए मोहम्मद समूहलाई पाकिस्तानले संरक्षण गरेको र भारतलाई आक्रमण गर्न प्रयोग गरेको आरोप भारतले लगाउँदै आएको छ । तर, यसलाई पाकिस्तानले खण्डन गर्दै आएको छ । यद्यपि भारत र पाकिस्तानबीच हवाइ हमलासम्मका घटना भएका थिए ।

 

तर पाकिस्तानले भारतको एक लडाकु विमानलाई जमिनमा खसालेर पाइलटलाई नियन्त्रणमा लिएपछि भारत पछि हट्न बाध्य भएको थियो । पाकिस्तानले भारतीय पाइलटलाई ससम्मान रिहा गरिदिएपछि तनाव केही मत्थर भएजस्तो देखिएको छ ।

 

भारतलाई पाकिस्तानी प्रधानमन्त्रीको यस्तो चेतावनी

 

अहिले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बौद्धिकतालाई लिएर अनेक ब्याख्या हुने गरेका छन् । उहाँको व्यक्तित्व र सोचलाई लिएर नेपाल लगायत विश्वभर चर्चा चुलिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेर आफुले कश्मीरमा शान्ति कायम गर्न चाहेको उहाँको जिकिर रहेको छ ।

 

हालैं सयौंको संख्यामा आतंकवादी संगठनलाई आफ्नो कब्जामा लिएरका खानले पाकिस्तान आतंकवादका लागि उपयुक्त नभएको जनाउँनु भएको छ । भारत र पाकिस्तनबीच चलिरहेको तनावपूर्ण स्थितीमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशको माटोलाई अन्य देशमा चरमपन्थ फैलाउनका लागि प्रयोग हुन नदिने जनाउँनु भएको हो ।

 

 

सिन्धुमा आयोजित एक र्यालीमा उहाँले भारतीय प्रधानमन्त्री मोदीमाथि हमला गर्दै भन्नुभयो, ‘घृणाको राजनीति मानिसहरुको भोटको लागि बाँड्न निकै सजिलो छ ।’ उहाँले नरेन्द्र मोदीले घृणाको राजनीति गर्ने गरेको आरोप लगाउँनु भएको छ । उहाँले नेताले घृणा फैलाउने काम गरेमा कार्यकर्ताले पनि त्यही सिको गर्ने जनाउँनुभयो ।

 

पुलवामा हमलापछि भारतमा कश्मिरीहरुमाथि दुव्र्यवहार गरिएको समेत्त उहाँले जिकिर गर्नुभयो । उहाँले एक फरक प्रशंगमा यदी भारतले पाकिस्तानमा आक्रमण गर्ने सोच्दैं गरेको भए १० पटक सोच्न चेतावनी दिनु भएको छ । देश र जनताको लागि आफु र आफ्नो सरकार प्रतिबद्ध भएको भन्दै यदि पाकिस्तानमाथी हमला गर्छु भन्ने भारतको मोदी सरकारले सोचेको भए पलभरमा खरानी बनाउँने उहाँको धम्कीपूर्ण भाषण अहिले भाइरल बनेको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...