तातोपानीमा सँगै डुब्यो भन्दैमा एकता भयो भनेर प्रचार गर्नुको अर्थ छैन : रामचन्द्र पौडेल



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानीमा सँगै नुहाउँदैमा पार्टीमा एकता नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेस एकता भावना र व्यवहारमा हुनुपर्ने बताए । तातोपानीमा सँगै डुब्यो भन्दैमा एकता भयो भनेर प्रचार गर्नुको अर्थ नरहेको उनको भनाइ थियो ।

पार्टी सभापति शेरबहादुर देउवासँगै तातोपानी कुण्डमा नुहाएको दृष्यलाई पार्टी एकताका रुपमा प्रचार भएकोप्रति उनले प्रष्टिकरण दिएका हुन् । उनले सरकारले सुशासन र शान्तिको प्रत्याभूति दिन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...