ट्विटरमा चल्न थाल्यो नेकपा नेताको फाइट, रिमालले यस्तो लेखेपछि रावलले भने-दलाल



हाम्रो इकोनोमि

 

मधेस गठबन्धनका संयोजक सिके राउतसँग सरकारले गरेको सहमतिलाई लिएर नेकपा नेताहरुबीच आपसमा आरोप प्रत्यारोप सुरु भएको छ ।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकारले गरेको सहमतिको विरोध गर्नेहरुलाई ब्यंग गर्दै समाजिक सञ्जाल ट्वीटरमा कविता लेखे:

नेताहरू..
झुक्किए, फसे वा फसाईए
या तिनिहरूले गल्ति नै गरे पनि
कोईवात छैन( हामी धन्य छौं
मुलुक जोगाउने एक–स–एक उहाँहरू हुनुहुन्छ ।

आङ् सिरिङ्ग हुन्छ
र, साह्रै आश्चर्य लागि रहेको छ,
उहाँहरूको जन्म अघि
यो मुलुक कसरी जोगिए छ ?!

आफ्नै पार्टीका नेता भिम रावलप्रति लक्षित गर्दै रिमालले यस्तो कविता लेखेपछि भिम रावलले पनि कडा टिप्पणी गर्न भ्याए । जवाफमा रावलले लेखे, ‘देश टुक्र्याउने घोषणा गर्नेलाई नायक बनाउने काम नगरौँ, तराई विभाजन गर्ने षड्यन्त्रबाट सचेत हौँ ।’

‘दलालहरूको आँखामा दलालै संसार !
देश टुक्र्याउने घोषणा गर्नेलाई नायक बनाउने काम नगरौ, नेपालको तराईलाई विभाजन गर्ने षडयन्त्रबाट सचेत हौं भन्ने दलाल हुने, देश विभाजनको षडयन्त्र गर्नेलाई बोक्ने र प्रसंशा गर्ने खाँटि इमान्दार ! कुतर्कको पराकाष्टा !’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...