ट्विटरमा चल्न थाल्यो नेकपा नेताको फाइट, रिमालले यस्तो लेखेपछि रावलले भने-दलाल



हाम्रो इकोनोमि

 

मधेस गठबन्धनका संयोजक सिके राउतसँग सरकारले गरेको सहमतिलाई लिएर नेकपा नेताहरुबीच आपसमा आरोप प्रत्यारोप सुरु भएको छ ।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकारले गरेको सहमतिको विरोध गर्नेहरुलाई ब्यंग गर्दै समाजिक सञ्जाल ट्वीटरमा कविता लेखे:

नेताहरू..
झुक्किए, फसे वा फसाईए
या तिनिहरूले गल्ति नै गरे पनि
कोईवात छैन( हामी धन्य छौं
मुलुक जोगाउने एक–स–एक उहाँहरू हुनुहुन्छ ।

आङ् सिरिङ्ग हुन्छ
र, साह्रै आश्चर्य लागि रहेको छ,
उहाँहरूको जन्म अघि
यो मुलुक कसरी जोगिए छ ?!

आफ्नै पार्टीका नेता भिम रावलप्रति लक्षित गर्दै रिमालले यस्तो कविता लेखेपछि भिम रावलले पनि कडा टिप्पणी गर्न भ्याए । जवाफमा रावलले लेखे, ‘देश टुक्र्याउने घोषणा गर्नेलाई नायक बनाउने काम नगरौँ, तराई विभाजन गर्ने षड्यन्त्रबाट सचेत हौँ ।’

‘दलालहरूको आँखामा दलालै संसार !
देश टुक्र्याउने घोषणा गर्नेलाई नायक बनाउने काम नगरौ, नेपालको तराईलाई विभाजन गर्ने षडयन्त्रबाट सचेत हौं भन्ने दलाल हुने, देश विभाजनको षडयन्त्र गर्नेलाई बोक्ने र प्रसंशा गर्ने खाँटि इमान्दार ! कुतर्कको पराकाष्टा !’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...