देशको सुरक्षामा कुनै कमि हुँदैन, अराजक गतिविधि भए सरकार चुप लागेर बस्दैन : मन्त्री पोखरेल



हाम्रो इकोनोमि

 

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले देशको शान्ति सुरक्षा, अमनचयनलाई कुनै कमि हुन नदिने बताउँदै देशमा अराजक गतिविधि भए सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ ।

काठमाडौँमा आयोजित राष्ट्रिय सुरक्षा परिषद्को १८ औं वार्षिकोत्सवका कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले देशमा शान्ति, अमनचयन तथा राष्ट्रिय अखण्डतालाई मजबुद बनाउन सही र वास्तविक विष्लेषण गर्दै दिर्घकालिन लक्ष्यका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

मन्त्री पोखरेलले राष्ट्रिय सुरक्षालाई कायम राख्न र शान्ति अमनचयन स्थापीत गर्न राष्ट्रिय मूल्य र मानयताहरुलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले राष्ट्रिय हित नै अहिलेको सर्वपरी भएकाले त्यसलाई आत्मसात् गर्दै साझा धारणाहरु बनाउनुपर्ने बताउनुभयो । उहाँले चुनौति र खतराहरुका वारेमा वस्तुपरक भई निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।

मन्त्री पोखरेलले सुरक्षा नीति बनाउँदा सवैका साझा धारणाका साथ उपयुक्त नीति बनाई कार्यान्वयवनमा लैजानुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरी राष्ट्रिय सुरक्षा नीति २०७५ जारी गर्ने प्रकृयामा रहेको समेत जानकारी गराउनुभयो ।

सुरक्षा सम्बन्धी मुल नीतिका आधारमा अघि बढ्ने बताउँदै मन्त्री पोखरेलले मुलुकको सुरक्षा सम्बन्धी विशेष नीतिहरु तयार पारिने समेत जनाकारी गराउनुभयो । उहाँले राष्ट्रिय सुरक्षा परिषद्लाई गति प्रदान गर्न तथा भूमिकालाई थप प्रभावकारी बनाउन समितिमा छलफलका क्रममा रहेको समेत जानकारी गराउनुभयो ।

राष्ट्रिय सुरक्षा परिषद्को नीतिले नेपाल सरकारको सुरक्षा सम्यन्त्र, मूल नीतिको कार्यान्वयनमा सुनिश्चितता, समन्वय, अनुगमन तथा मूल्याङ्कन प्रमुख जिम्मेवार निकायको रुपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...