शिल्पासँग मेरो बिबाह भैसक्यो, ५ वर्ष देखि सँगैं छौं : ओझा



हाम्रो इकोनोमि

 

शिल्पा पाखरेल पछिल्ला दिनहरुमा नेपालमा सर्वाधिक चर्चामा रहेको नाम हो । उनी नेपाली चलचित्र क्षेत्रमा नायिका रेखा थापाको स्थानमा आइपुगेको ब्याख्या हुने गर्दछ । उनले गीतहरुमा अभिनय गर्दै चलचित्रसम्म आउँदा थुप्रै सफल चलचित्रहरु दिन सफल भएकी छिन् । यो बिचमा शिल्पा र चलचित्र निर्माता छवीराज ओझाको सम्बन्धलाई लिएर पनि चर्चा हुने गर्दछ ।

 

नायिका रोखा थापासँगको सम्बन्ध विच्छेद पश्चात ओझा गएको पाँच वर्ष देखि पोखरेलसँग छन् । यो बिचमा उनले नयाँ खुलासा गरेका छन् । उनले एक कार्यक्रमलाई अन्तर्वार्ता दिँदै शिल्पासँग बिवाह भइसकेको बताएका हुन् । बिहे गरेको फोटो सार्वजनिक गर्न भने डराएको उनको भनाई छ । उनले भनेका छन्, ‘छविराजसँग शिल्पाको बिवाह भएको फोटो सार्वजनिक गर्दा धेरैले मलाई कत्ति बिहे गर्दो रहेछ भनेर आरोप लगाउन सक्छन् ।’

 

यही डरका कारण सार्वजनिक नगरेको उनको दावी छ । अन्तर्वार्तामा बोल्दै उनले भनेका छन्, ‘शिल्पासँग मेरो ५ वर्ष अगाडि फिल्म ‘लज्जा’ को बेला भेट भएको हो । त्यसबेलादेखि हामी सँगसँगै छौँ । आफुले बिहेको पार्टी नदिने तर, शिल्पाले दिन चाहेमा भने मलाई कुनै समस्या हुने छैन ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...