पूर्वराजा ज्ञानेन्द्र फागुन २९ बाट मध्य तराईको भ्रमणमा



हाम्रो इकोनोमि

 

पूर्व राजा ज्ञानेन्द्र शाहको मध्य तराईको भ्रमण फागुन २९ बाट सुरु हुने भएको छ । पूर्व मुमा बडामहारानी रत्न शाहको स्वास्थ्यमा आएको खराबीका कारण स्थगित उक्त भ्रमण सुचारु हुन लागेको हो ।

 

पूर्व राजा शाहका निजी सचिव फणि पाठकका अनुसार पूर्व मुमाबडामहारानीको स्वास्थ्यमा आएको सुधार पछि भ्रमणको नयाँ तालिका बनाइएको हो ।

 

पूर्व राजा शाहले फागुन २९ गते धुनषाबाट मध्य तराईको भ्रमण सुरु गर्नु हुने भएको छ । उहाँले फागुन २९ गते जनकपुर स्थित जानकी मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।

 

त्यसपछि उहाँले सर्लाही , तराई तथा पहाडको संगम मानिएको उदयपुर र सप्तरीको भ्रमण गर्नु हुने भएको छ । भ्रमणको क्रममा उहाँले बिभिन्न देवालय , मन्दिर तथा शक्तिपीठहरुमा पूजा अर्चना गर्ने कार्यक्रम तय भएको छ ।

 

त्यस्तै भ्रमणको क्रममा पूर्व राजा शाहले स्थानीय राजनीतिक दलका बिभिन्न नेता तथा कार्यकर्ताहरुसंग पनि भेट गरि मुलुकको पछिल्लो राजनीतिक अवस्थाको बारेमा परामर्श गर्ने कार्यक्रम रहेको छ । उहाँले भ्रमणको क्रममा स्थानीय जनतासंग पनि उनीहरुको समस्याको बारेमा छलफल गर्ने बुझिएको छ ।

 

सिके राउतलाई युवा संघको चेतावनी : सरकारको इमानदार प्रत्यत्नलाई कमजोरी नठान्नु

 

युवा संघ नेपालले सिके राउत समुहलाई सरकारसग भएको सहमति अक्षरस पालना गर्न चेतावनी दिएको छ । उसले सरकारको इमानदार प्रयत्नलाई कमजोरी नठान्न समेत भनेको छ ।

 

युवा संघका अध्यक्ष रमेश पौडेलले जनकपुरमा हिजो राउत समुहले गरेको गतिविधिले सहमति उल्लधंन गरेको बताउदै यस्ता गतिविधि जारी रहे अवस्था भयावह हुने बताउनु भयो । उहाले भन्नुभयो,‘ यसरी सहमति उलङ्घन गर्दै जाने हो भने र सहमतिअनुसार नचल्ने हो भने हामी मात्रै चल्नु पर्छ भन्ने हुन्न र त्यसको परिणाम भयावह हुनेछ । यो देशकोकुनै भुभाग त के एक चिम्टी माटो पनि हाम्रो प्राण भन्दा प्यारो छ हेक्का रहोस ।’

 

उहाले समाजिक सञ्जालमा राखेको भनाई यस्तो छ-

‘सिके राउतका कार्यकर्ताले जनकपुरमा जे गरे त्यो कुराले सरकारसँगको सहमति उलङ्घन भएको छ । यसरी सहमति उलङ्घन गर्दै जाने हो भने र सहमतिअनुसार नचल्ने हो भने हामी मात्रै चल्नु पर्छ भन्ने हुन्न र त्यसको परिणाम भयावह हुनेछ । यो देशकोकुनै भुभाग त के एक चिम्टी माटो पनि हाम्रो प्राण भन्दा प्यारो छ हेक्का रहोस ।

 

फेरि पनि सरकारको ईमानदार प्रयत्नलाई कसैले कमजोरी नठाने हुन्छ । देशको सर्वोपरि हित नै हामी सबैको अभिष्ट हुनु पर्दछ । अझै हेर्दै जाउ । आतिनु पर्ने केही छैन । देशलाई बलियो र समृद्ध बनाउनु नै हामी सबको कर्म र धर्म हो । पपुलर हुन के भन्ने र गर्ने भन्दा पनि देशको हित के गर्दा हुन्छ त्यो सोचौ । विकाउ कुरा हैन टिकाउ कुरा गरौ ।’

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...