महाभारतको युद्धमा भएको थियो परमाणु बमको प्रयोग !



हाम्रो इकोनोमि

 

परमाणु बम अहिले दुनियाँको सबैभन्दा खतरनाक हतियार हो । दोश्रो विश्वयुद्धका क्रममा विश्व इतिहासमा पहिलो पटक सन् १९४५ को अगष्ट ६ मा जापानको हिरोसिमा सहरमा अमेरिकाले परमाणु बम खसालेको थियो । त्यस्तै अगष्ट ९ मा नागासाकी सहरमा अर्को परमाणु बम खसालियो । त्यसयता विश्वमा परमाणु बमको प्रयोग गरिएको छैन ।

 

यस हिसाबले परमाणु बमको पहिलो तथा अन्तिम प्रयोग नै सन् १९४५ मा जापानमा भयो । तर एउटा नयाँ दाबी अनुसार परमाणु बमको पहिलो प्रयोग महाभारतको युद्धमा गरिएको थियो । वैज्ञानिकहरुले महाभारतको युद्धमा परमाणु बमको प्रयोग गरिएको प्रमाण फेला परेको दाबी गरेका छन् ।

 

परमाणु बमको आविष्कार गर्ने वैज्ञानिक जुलियस रोबर्ट ओपनहाइमरले आफ्नो अनुसन्धानमा यो कुराको खुलासा गरेका छन् । उनका अनुसार महाभारत कालमा नै परमाणु बमजस्ता विनाशकारी हतियारको प्रयोग भएको थियो ।

 

गीता तथा महाभारतको गहन अध्ययन गरेका ओपनहाइमरले यस्तो दाबी गरेका हुन् । उनले महाभारतमा उल्लेखित ब्रम्हास्त्रको मारक क्षमताको अध्ययन गरे । उनको त्यो अनुसन्धान मिसनको नाम थियो ट्रिनिट्री अर्थात् त्रिदेव । सन् १९३९ देखि १९४५ को बीचमा ओपनहाइमर तथा अन्य वैज्ञानिकको एक टोलीले अनुसन्धान गर्यो । त्यस अनुसन्धानको निष्कर्ष थियो कि महाभारतमा जुन ब्रम्हास्त्रको प्रयोग गरिएको थियो। त्यो आजको परमाणु हतियार समान शक्तिशाली थियो ।

 

भारतीय लेखक तथा अनुसन्धानकर्ता पद्माकर विष्णुवर्तकले पनि महाभारतमा प्रयोग गरिएको ब्रम्हास्त्र परमाणु बम जत्तिकै शक्तिशाली भएको आफ्नो स्वयंभू नामक शोधग्रन्थमा उल्लेख गरेका छन् ।

 

रामायण तथा महाभारत कालमा ब्रम्हास्त्र सबैभन्दा खतरनाक हतियार थियो । त्यस कालमा केही योद्धाहरुसँग ब्रम्हास्त्र थियो । शास्त्रमा उल्लेख भए अनुसार ब्रम्हास्त्र प्रयोग गर्ने व्यक्तिसँग त्यो अस्त्र फिर्ता लिनसक्ने क्षमता पनि हुनथ्यो । तर द्रोणाचार्यका पुत्र अस्वत्थामाले ब्रम्हास्त्र फिर्ता लिने तरिका सम्झना भएन । सोही कारण उनले प्रहार गरेको ब्रम्हास्त्रले भयंकर क्षति पूराएको थियो ।

 

सिन्धुघाटी सभ्यतामाथि भएको अनुसन्धानले पनि ५ हजार देखि ७ हजार इशापूर्व हडप्पा तथा मोहन्जोदाडोमा यस्ता केही मानव कंकाल फेला परेका छन् जसको अध्ययनबाट ती कंकाल विनाशकारी अस्त्रबाट मारिएका मानिसका भएको देखिन्छ । साथै यस्ता सबूत पनि प्राप्त भएका छन् जसले त्यस क्षेत्रमा कुनै समयमा विकिरणको मात्रा अत्यधिक भएको देखाउँदछ, जुन कुनै परमाणु विस्फोट पश्चात हुन्छ । महाभारतमा उल्लेख भए अनुसार दुईवटा ब्रम्हास्त्र आपसमा टकराउँदा यतिधेरै क्षति हुन्थ्यो कि त्यसले पूरै पृथ्वी नै ध्वस्त हुने शक्ति पैदा हुन्थ्यो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...