रुपन्देहीमा तरुण दलका नेताको हत्या



हाम्रो इकोनोमि

 

अज्ञात समूहले रुपन्देहीमा नेपाल तरुण दलका एक सक्रिय कार्यकर्ताको हत्या गरेको छ । देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको आइतबार राति भुलहीमा हत्या भएको हो ।

 

मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेका पुरीलाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

 

आक्रमणबाट गम्भीर घाइते पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेज भलुही पुर्याइएको थियो । तर, लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मल्लले बताए । प्रहरीले आक्रमण गर्ने समूह फरार रहेको बताए पनि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...