सत्तारुढ दलबाटै जनमत संग्रहको माग !



हाम्रो इकोनोमि

 

सत्तारुढ संघीय समाजवादी फोरम नेपालकी नेतृ सरिता गिरीले जनमत संग्रहको माग उठाएकी छिन् । दुई तिहाइको सरकारले बिखण्डनकारी सीके राउतसँग जनमत संग्रहको सहमति गरेको भन्दै नेतृ गिरीले मधेस केन्द्रित दलहरूले विगतमा उठाएको मागलाई पुनः उठाउनु पर्ने बताएकी हुन् । उनले ‘एक मधेस, एक प्रदेश’को विषयमा जनमत संग्रह गर्नुपर्ने माग गरेकी हुन् ।

 

सामाजिक सञ्जाल फेसबुकमा सोमबार बिहान स्टाटस लेखेर नेतृ गिरीले भनेकी छिन्, ‘अब मधेशवादी दलहरू समग्र मधेश एक प्रदेशका लागि जनमत संग्रहको माग गर्नु पर्दछ ।’

 

समग्र मधेस एक प्रदेशको मागलाई जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने उनको भनाइ छ । सीके राउतलाई चीनले उचालेको टिप्पणी गरेकी नेतृ गिरी सामाजिक सञ्जालमा सक्रिय छिन् । उनले आफ्नो वालमा विभिन्न खालका आपत्तिजनक स्टाटसहरू लेख्ने गरेको भन्दै आलोचना हुँदै आएको छ ।

 

नेतृ गिरी आबद्ध दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष वर्तमान सरकारमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् । अध्यक्ष यादवसँग भन्दा फरक मत राख्दै आएकी गिरीलाई कारबाहीका लागि पार्टीभित्र बेलाबेला कुरा उठ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...