विभाजनको संघारमा नेकपा, बिप्लव-प्रकाण्ड बोलचाल नै बन्द



हाम्रो इकोनोमि

 

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मुख्य सुरक्षा चुनौतीका रुपमा लिएको छ । दुई तिहाईको कम्युनिष्ट सरकार गठन भएको एक वर्षे अवधिमा विप्लवका कार्यकर्ताहरूले दर्जन बढी बम विष्फोटलगायत हिंसाका घटनाहरू गराएर आतंक सिर्जना गरेका छन् ।

 

पछिल्लो एक महिना यता प्रहरीले विप्लवका सयौँ कार्यकर्ताहरूलाई हतियारसहित पक्राउ गरिसकेको छ । शान्ति प्रक्रियाका लागि वार्तामा आउन सरकारले गरेको आह्वानलाई महत्व नदिएपछि सरकारले प्रशासनिक कारबाहीमार्फत तह लगाउन संकेत देखाएको छ ।

 

डा.सीके राउतसँग एघार बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित सभामा ०७५ फागुन २४ गते शुक्रबार बोल्दै प्रधानमन्त्री केपी ओलीले विप्लवका नेता तथा कार्यकर्ताहरूलाई लुटेरा भनेर आलोचना गरे ।

 

त्यसको भोलिपल्ट फाुन २५ गते प्रदेशस्तरीय सुरक्षा भेलालाई सम्बोधन गर्न कर्णालीको राजधानी सुर्खेत पुगेका गृहमन्त्री रामबहादुर थापाले विप्लवका नेता तथा कार्यकर्ताहरूलाई राजनीतिक व्यवहार नगर्न सुरक्षा निकायलाई निर्देशन दिए ।

 

यता, विप्लवको नेकपाविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुँदैछ भने उता पार्टीभित्र महासचिव नेत्रविक्रम चन्द विप्लव पार्टीका दोस्रो वरीयताका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीचको विवाद चर्किदैछ ।

 

नेकपा माओवादीबाट फुटेर मोहन बैद्यको नेतृत्वमा ०६९ साल असार ५ गते गठन भएको नेकपा माओवादी क्रान्तिकारीमा सँगै आएका विप्लव र प्रकाण्डले बैद्यलाई छाडेर ०७१ साल मंसिर ७ गते नेकपा माओवादी गठन गरेका थिए । प्रहरी हिरासतमुक्त भएदेखि प्रकाण्ड र विप्लवबीच बोलचाल नै बन्द भएको स्रोतले दाबी गरेको छ ।

 

०७५ फागुन ११ गते ललितपुरको नख्खुस्थित एनसेल प्रालिको गेटमा गराइएको बाम बिष्फोटपछि प्रेस विज्ञप्ति निकाल्न पार्टी हेड क्वार्टरले दिएको निर्देशन प्रकाण्डले नमानेपछि महासचिव विप्लवले नै विज्ञप्ति निकालेको स्रोतले जनाएको छ । एनसेलमाथिको दोस्रो कार्बाहीका पक्षमा प्रकाण्ड नरहेको उनी निकट एक नेताले बताए । साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...