सलमान खान राजनीति आउने, काँग्रेसबाट लोकसभा चुनाव लड्दै !



हाम्रो इकोनोमि

 

जब जब चुनाव नजिकिँदै गर्छ कुनै न कुनै सेलिब्रेटीको राजनीति प्रवेशको विषय बाहिर आउने गर्दछ । यस पटक बलिउड नायक सलमान खानको बारेमा चलेको छ ।

उनले चर्चा यतिकै भने चलेको होइन् । उनलाई कांग्रेस पार्टीले टिकट दिने विषय बाहिर सार्वजनिक भएपछि उनी सक्रिय राजनीतिमा आउने सम्भावना रहेको खुलासा भएको हो ।

केही समय रामानन्द सागरको रामायणमा राम रोल निभाएर लोकप्रयि भएका अभिनेता अरुण गोवलि कांग्रेसबाट इन्दोरमा चुनाव लड्ने चर्चा चलेको थियो । केही समय पहिले मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले एक सार्वजनिक कार्यक्रममा सलमान खानको नाम लिएर उनलाई टिकट दिने तयारी रहेको बताएका थिए । अहिले सलमान खान मध्य प्रदेशको पर्यटनको ब्राण्ड एम्बेस्डर बनाइएका छन् ।

अहिले उनलाई काँग्रेसले इन्दोरबाट नै चुनाव लड्ने सम्भावना रहेको चर्चा गरिँदै आइएको छ । यदि यस्तो भयो भने उनको प्रतिस्पर्धा भाजपाकी नेता तथा वर्तमान लोकसभाकी सभामुख सुमित्रा महाजनसँग हुनसक्ने समेत बताईएको छ ।

सुमित्रा महाजन लगातार ९ पटक सम्म सांसद बनिसकेकी नेता हुन् । सोही कारण सलमानलाई सो इन्दोरमा उठाउन सकेमा सुमित्राको अराजित यात्रामाथि धावा बोल्न सक्ने अपेक्षा देखिन्छ । सलमान खानको पैत्रिक घर पनि इन्दोर नै रहेकोले पनि उनी सो क्षेत्रबाट उठ्न सक्ने सम्भावनाबारे पनि चर्चा भईरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...