सलमान खान राजनीति आउने, काँग्रेसबाट लोकसभा चुनाव लड्दै !



हाम्रो इकोनोमि

 

जब जब चुनाव नजिकिँदै गर्छ कुनै न कुनै सेलिब्रेटीको राजनीति प्रवेशको विषय बाहिर आउने गर्दछ । यस पटक बलिउड नायक सलमान खानको बारेमा चलेको छ ।

उनले चर्चा यतिकै भने चलेको होइन् । उनलाई कांग्रेस पार्टीले टिकट दिने विषय बाहिर सार्वजनिक भएपछि उनी सक्रिय राजनीतिमा आउने सम्भावना रहेको खुलासा भएको हो ।

केही समय रामानन्द सागरको रामायणमा राम रोल निभाएर लोकप्रयि भएका अभिनेता अरुण गोवलि कांग्रेसबाट इन्दोरमा चुनाव लड्ने चर्चा चलेको थियो । केही समय पहिले मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले एक सार्वजनिक कार्यक्रममा सलमान खानको नाम लिएर उनलाई टिकट दिने तयारी रहेको बताएका थिए । अहिले सलमान खान मध्य प्रदेशको पर्यटनको ब्राण्ड एम्बेस्डर बनाइएका छन् ।

अहिले उनलाई काँग्रेसले इन्दोरबाट नै चुनाव लड्ने सम्भावना रहेको चर्चा गरिँदै आइएको छ । यदि यस्तो भयो भने उनको प्रतिस्पर्धा भाजपाकी नेता तथा वर्तमान लोकसभाकी सभामुख सुमित्रा महाजनसँग हुनसक्ने समेत बताईएको छ ।

सुमित्रा महाजन लगातार ९ पटक सम्म सांसद बनिसकेकी नेता हुन् । सोही कारण सलमानलाई सो इन्दोरमा उठाउन सकेमा सुमित्राको अराजित यात्रामाथि धावा बोल्न सक्ने अपेक्षा देखिन्छ । सलमान खानको पैत्रिक घर पनि इन्दोर नै रहेकोले पनि उनी सो क्षेत्रबाट उठ्न सक्ने सम्भावनाबारे पनि चर्चा भईरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...