उत्तर कोरियामा निर्वाचन : मतपत्रमा किमको मात्र नाम



हाम्रो इकोनोमि

 

उत्तर कोरियामा नाम मात्रको निर्वाचन आज हुँदै छ । जहाँ संसदको निर्वाचनका लागि छापिएको मतपत्रमा किम जोङ उनको मात्र नाम छ । किम सत्तामा आएपछि उत्तर कोरियामा दोस्रो पटक संसदीय निर्वाचन हुन लागेको हो।

 

अधिकारविहीन संसदको निर्वाचनका लागि छापिएको मतपत्रमा एक मात्र उम्मेदवारका लागि विकल्प रहेको छ । १७ वर्षमाथिका नागरिकलाई मतदानका लागि अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

 

किम परिवारले शासन गरिरहेको उत्तर कोरियामा मतदानका लागि हरेक नागरिकलाई उर्दी जारी गरिने गर्छ । यसअघि शतप्रतिशत मतदान भएको थियो । निर्वाचनलाई उत्तर कोरियाले जनगणनाका रूपमा लिने गरेको छ।

 

उत्तर कोरियामा निर्वाचन एक मात्र विकल्प रहे पनि गोप्य मतदानका लागि समेत नागरिक डराउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनााएका छन् । उत्तर कोरियाको संसदलाई कुनै पनि कानुन निर्माणका लागि नेता किमको स्वीकृतिपछि मोहर मात्रै लगाउने अधिकार छ।

यस्ताे छ मतपत्र

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...