उत्तर कोरियामा निर्वाचन : मतपत्रमा किमको मात्र नाम



हाम्रो इकोनोमि

 

उत्तर कोरियामा नाम मात्रको निर्वाचन आज हुँदै छ । जहाँ संसदको निर्वाचनका लागि छापिएको मतपत्रमा किम जोङ उनको मात्र नाम छ । किम सत्तामा आएपछि उत्तर कोरियामा दोस्रो पटक संसदीय निर्वाचन हुन लागेको हो।

 

अधिकारविहीन संसदको निर्वाचनका लागि छापिएको मतपत्रमा एक मात्र उम्मेदवारका लागि विकल्प रहेको छ । १७ वर्षमाथिका नागरिकलाई मतदानका लागि अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

 

किम परिवारले शासन गरिरहेको उत्तर कोरियामा मतदानका लागि हरेक नागरिकलाई उर्दी जारी गरिने गर्छ । यसअघि शतप्रतिशत मतदान भएको थियो । निर्वाचनलाई उत्तर कोरियाले जनगणनाका रूपमा लिने गरेको छ।

 

उत्तर कोरियामा निर्वाचन एक मात्र विकल्प रहे पनि गोप्य मतदानका लागि समेत नागरिक डराउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनााएका छन् । उत्तर कोरियाको संसदलाई कुनै पनि कानुन निर्माणका लागि नेता किमको स्वीकृतिपछि मोहर मात्रै लगाउने अधिकार छ।

यस्ताे छ मतपत्र

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...