फेरि अर्को विमान दुर्घटना, १ सय ४९ जनाको मुत्यु



हाम्रो इकोनोमि

 

इथोपियामा विमान दुर्घटना भएको छ । इथोपियानको राजधानी अक्सिअबाबबाट नौरोबीको लागि उडेको इथोपियन एयरलाइन्सको यात्रुबाहक विमान आइतबार दुर्घटना भएको हो ।

विमानमा १ सय ४९ यात्रु र ८ जना चालकदलका सदस्य सवार छन् । १ सय ४९ जनाको मुत्यु भएको छ ।  दुर्घटनाको बिस्तृत बिबरण आइसकेको छैन तर यात्रु ठूलो संख्यामा हताहत भएको आशंका गरिएको छ ।

 

आज बिहानै विमान दुर्घटनाग्रस्त, मेयर सहित १४ जनाको मृत्यु

 

आइतबार बिहानै भएको हवाइजहाज दुर्घटनामा ज्यान गुमाउँनेहरुको संख्या १४ पुगेको छ । कोलम्बियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको हो । कोलम्बियाको समथर राज्य मेटामा भिल्लाभिसेन्सिया नजिकै विमान दुर्घटनाग्रस्त भएको हो ।

 

कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणले विमानमा सवार सबै १४ जनाको ज्यान गएको जानकारी दिएको छ । ज्यान गुमाउनेमा विमानका मालिक, पाइलट, सह-पाइलट एक मेयर र उनका परिवार पनि रहेका छन् ।

 

राष्ट्रपति इवान डुके ट्विटर मृतक प्रति श्रदाञ्जली अर्पण गर्नु भएको छ । लासेर एइरेओ एयरलाइन्सको सो विमान दक्षिणी शहर सन जोसे डेल गुएभिएरेबाट भिल्लाभिसेन्सियाका लागि उडेको थियो । जहाजको इन्जिन फेल भएका कारण दुर्घटना भएको हुन सक्ने जानकारी दिइएको छ । अमेरिका निर्मित डगलस डीसी ३ विमान दुर्घटनाबारे अधिकारीहरुले अनुसन्धान गरिरहेको हुँदा कसरी दुर्घटना भयो भन्ने सक्ने अवस्था देखिएको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...