फेरि अर्को विमान दुर्घटना, १ सय ४९ जनाको मुत्यु
इथोपियामा विमान दुर्घटना भएको छ । इथोपियानको राजधानी अक्सिअबाबबाट नौरोबीको लागि उडेको इथोपियन एयरलाइन्सको यात्रुबाहक विमान आइतबार दुर्घटना भएको हो ।
विमानमा १ सय ४९ यात्रु र ८ जना चालकदलका सदस्य सवार छन् । १ सय ४९ जनाको मुत्यु भएको छ । दुर्घटनाको बिस्तृत बिबरण आइसकेको छैन तर यात्रु ठूलो संख्यामा हताहत भएको आशंका गरिएको छ ।
आज बिहानै विमान दुर्घटनाग्रस्त, मेयर सहित १४ जनाको मृत्यु
आइतबार बिहानै भएको हवाइजहाज दुर्घटनामा ज्यान गुमाउँनेहरुको संख्या १४ पुगेको छ । कोलम्बियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको हो । कोलम्बियाको समथर राज्य मेटामा भिल्लाभिसेन्सिया नजिकै विमान दुर्घटनाग्रस्त भएको हो ।
कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणले विमानमा सवार सबै १४ जनाको ज्यान गएको जानकारी दिएको छ । ज्यान गुमाउनेमा विमानका मालिक, पाइलट, सह-पाइलट एक मेयर र उनका परिवार पनि रहेका छन् ।
राष्ट्रपति इवान डुके ट्विटर मृतक प्रति श्रदाञ्जली अर्पण गर्नु भएको छ । लासेर एइरेओ एयरलाइन्सको सो विमान दक्षिणी शहर सन जोसे डेल गुएभिएरेबाट भिल्लाभिसेन्सियाका लागि उडेको थियो । जहाजको इन्जिन फेल भएका कारण दुर्घटना भएको हुन सक्ने जानकारी दिइएको छ । अमेरिका निर्मित डगलस डीसी ३ विमान दुर्घटनाबारे अधिकारीहरुले अनुसन्धान गरिरहेको हुँदा कसरी दुर्घटना भयो भन्ने सक्ने अवस्था देखिएको छैन । एजेन्सी


