गगन थापाले भने, ‘के र कसका लागि जनमत संग्रह ?



 

सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले सरकार र सीके राउतबीचको सहमतिबारे सरकारले स्पष्टरुपमा सदनमा जानकारी गराउनु पर्ने बताएका छन् ।

 

प्रतिनिधि सभाको आइतवारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद गगन थापाले सीके राउतसँगको ‘सरप्राइज’ सहमतिबारे जानकारी गराउन माग गरेका का छन् ।

 

सरकार र सीके राउतबीच सहमति हुने सकारात्मक भएको बताउँदै सांसद थापाले भने, ‘सहमतिमा प्रयोग भएका शब्दावलीमा दुई पक्षको आ–आफ्नै व्याख्याले सकारात्मक वातावरणलाई संशयको घेरामा ल्याएको छ । केका लागि जनमत संग्रह र कसका लागि जनमत संग्रह हामीलाई जवाफ चाहिन्छ ।’

 

उनले थपे, ‘सहमतिबारेमा सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दै यस विषयमा सदनमा छलफल गराउने प्रबन्धका लागि सम्माननीय सभामुख महोदयसँग जोडदार अनुरोध गर्दछु ।’ उनले सहमतिको पृष्ठभूमि र शैली हेर्दा अदालत र सरकारबीच ‘मिलीभगत’ त छैन भन्ने शंका उत्पन्न भएको समेत बताएका छन् ।

 

‘नेपाल सरकार र पृथकतावादको नारा लिएको स्वतन्त्र मधेश गठबन्धनबीच नेपालको संविधानको सीमाभित्र मधेश र मधेशीको हक खोज्ने भनी भएको सहमति सकारात्मक छ,’ गगनले भने, ‘तर सहमतिको पृष्ठभूमि र शैलीले सरकार र अदालतबीच कतै ‘मिलीभगत’ त छैन भन्ने गम्भीर प्रश्न उठाएको छ ।’

 

संसदमा भीम रावल र महेशबीच चर्काचर्की

 

मुख प्रतिपक्षी दल र सत्तारुढ दलका नेताहरुले स्वतन्त्रत मधेश गठबन्धनका संयोजक डा. सीके राउतसँग भएको सम्झौताको कारण माग गर्दै जनमतसंग्रहको स्पष्टीकरण माग गरेका छन्।

 

प्रमुख प्रतिपक्षी दलका सांसदहरु गगन थापा र डा. मिनेन्द्र रिजालले जनमत संग्रह बारे स्पष्ट गर्न सरकारसँग माग गरे। आजको प्रतिनिधि सभाको बैठकमा दुबै पक्षका सांसदहरुले जनमतसंग्रहको विषय विवादित भएको भन्दै सरकारसँग स्पष्ट पार्न माग गरेका छन्।

 

‘बुँदा नम्बर दुईमा शंका उठेको छ। नेपाल अभिभाज्य हो। जनमतसंग्रह गराउने सहमति भएको भनेर भनेको छ। यसबारे स्पष्टता चाहियो,’ डा. रिजालले संसदमा भने।

 

यसैगरी नेकपाका नेता एवं सांसद भीम रावलले पनि सम्झौतामा जनमत संग्रहको कुरा आएकोले यसबारे स्पष्ट गर्न माग गरे। उनले पुनः अर्को वक्तव्य जारी गरेर यस विषयमा स्पष्ट गर्नु पर्ने माग गरे।

ने क पाका सांसद महेश बस्नेतले भने सरकारको बचाउ गर्दै बुँदा २ मा जनमत संग्रह नै नभएको दाबी गरे। बस्नेतले भने, ‘यसलाई दुईवटा पक्षले रुचाएको छैन। डलरबादीहरुले यसलाई विरोध गरेका छन्। सेलिब्रेटी नेताहरुलाई ज्वरो आएको छ। दुई नम्बर बुँदामा कहाँ जनमत संग्रह छ ? त्यस विषयमा छलफल गर्न तयार छौं।’

प्रतिक्रिया दिनुहोस
रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना

हामीसँग ३२ सीटको म्याजिक संख्या छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको

एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित

     नेकपा एमाले इलामको ११ औं जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा चयन

जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी