संसदमा भीम रावल र महेशबीच चर्काचर्की



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलका नेताहरुले स्वतन्त्रत मधेश गठबन्धनका संयोजक डा. सीके राउतसँग भएको सम्झौताको कारण माग गर्दै जनमतसंग्रहको स्पष्टीकरण माग गरेका छन्।

प्रमुख प्रतिपक्षी दलका सांसदहरु गगन थापा र डा. मिनेन्द्र रिजालले जनमत संग्रह बारे स्पष्ट गर्न सरकारसँग माग गरे।

आजको प्रतिनिधि सभाको बैठकमा दुबै पक्षका सांसदहरुले जनमतसंग्रहको विषय विवादित भएको भन्दै सरकारसँग स्पष्ट पार्न माग गरेका छन्।

‘बुँदा नम्बर दुईमा शंका उठेको छ। नेपाल अभिभाज्य हो। जनमतसंग्रह गराउने सहमति भएको भनेर भनेको छ। यसबारे स्पष्टता चाहियो,’ डा. रिजालले संसदमा भने।

यसैगरी नेकपाका नेता एवं सांसद भीम रावलले पनि सम्झौतामा जनमत संग्रहको कुरा आएकोले यसबारे स्पष्ट गर्न माग गरे। उनले पुनः अर्को वक्तव्य जारी गरेर यस विषयमा स्पष्ट गर्नु पर्ने माग गरे।

ने क पाका सांसद महेश बस्नेतले भने सरकारको बचाउ गर्दै बुँदा २ मा जनमत संग्रह नै नभएको दाबी गरे। बस्नेतले भने, ‘यसलाई दुईवटा पक्षले रुचाएको छैन। डलरबादीहरुले यसलाई विरोध गरेका छन्। सेलिब्रेटी नेताहरुलाई ज्वरो आएको छ। दुई नम्बर बुँदामा कहाँ जनमत संग्रह छ ? त्यस विषयमा छलफल गर्न तयार छौं।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...