गृहमन्त्री रामबहादुर थापाले भने सिके राउतसँग जनमत संग्रहको सहमति भएको छैन



हाम्रो इकोनोमि

 

सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने कुनै सहमति नभएको स्पष्ट पारेको छ । शुक्रबार भएको ११ बुँदे सहमतिलाई सिके राउत स्वयंले जनमत संग्रह गर्ने सहमतिका रुपमा ब्याख्या गरेपछि सत्तारुढ र विपक्षी सांसदहरुले प्रश्न उठाएका थिए । लगतै गृहमन्त्री रामबहादुर थापा बादलले स्पष्टीकरण दिएका छन् । उनले भने, भ्रमक कुरा हो । सरकारले यो ढंगले निर्णय गरेको होइन ।’

 

सैन्य गठबन्धनमा नजाने, सैनिक अभ्यासमा भाग लिने

 

नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने र कुनै पनि देश विरुद्धको युद्दमा नेपाली सेनाको प्रयोग नहुने मुख्य प्रस्तावसहितको राष्ट्रिय सुरक्षा नीति मन्त्रिपरिषदमा पुगेको छ ।

अमेरिका, चीन र भारतजस्ता देशका सेनासँग दुई पक्षीय सैन्य अभ्यास भने अझै बढाउने, तर कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने नेपालको अबको सुरक्षा नीति हुनेछ ।

 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कार्यदलले ५ महिना लगाएर तयार पारेको राष्ट्रिय सुरक्षा नीति मस्यौदा प्रधानमन्त्रीसमक्ष गत साता नै पेश गरेको थियो । सो प्रस्ताव अब मन्त्रिपरिषदमा छलफलपछि पारित हुनेछ । केही थपघट गर्नु परेमा मन्त्रिपरिषद अन्तर्गतकै समितिमा पठाइने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...