यस्तो प्रेम दाजुभाइमा भयो भने दुनियाँको कुनैपनि तागतले तपाईको परीवारलाई फुटाउन सक्दैन



हाम्रो इकोनोमि

 

कुनै एउटा गाउँमा दुई जना दाजुभाइहरु बस्दथे , उनीहरु एक आपसमा धेरै माया गर्दथे ।
खेत अलग-अलग थियो तर नजिकै , आमने- सामने । ठुलो दाइ विवाहित थिए । सानो भाई चाहिं अविवाहित, एक्लो, एकपटक धानको खेती यति धेरै राम्रो भयो कि सोचे भन्दा धेरै नै बढी धान फल्यो । काम गर्दा गर्दै दाइ चाहिं ले छेउकै खेतमा काम गरिरहेको भाइलाई खेत हेरिदिन भनेर खाना खानको लागि गए ।

उ जाने बित्तिकै भाइ चाँहीले सोच्न थाल्यो , ‘खेती धेरै नै राम्रो भएको छ यो वर्ष , धान पनि धेरै फलेको छ । म एक्लो छु , म एक्लैले कति नै खान सक्छु र 5,7 मुरी धान भए एक बर्षलाई पुगी हाल्छ , ठुलदाइ को त घर-गृहस्ति छ, भाउजू र बाल बच्चाहरु पनि छन् मेरो लागि भन्दा पनि यो अन्न दाजुलाई नै धेरै आवश्यक छ ।’ यस्तो विचार गरेर भाईले 10 बोरा धान ठुलदाइको रासमा हालिदिन्छ , यत्तिकैमा दाइ खाना खाएर फर्किन्छ । ऊ आउने बित्तिकै भाइ पनि खान खानको लागि जान्छ, भाई जाने बित्तिकै दाईले विचार गर्छ-

‘मेरो घरपरिवार त जेनतेन चलिनैरहेको छ, मलाइ साथ दिने बुडी र बालबच्चाहरु पनि छन् । भाई एक्लो छ , उसको त अझै बिहेवारी-घरजम बासाल्नै बाँकी छ , जागिर नभएको विचरा उसको आम्दानी भनेको यहि धान बेचेर आउने दुई चार पैसो न हो,
मलाई भन्दा त यो अन्न को आबस्यकता उसलाई नै बढी छ ।’ यति विचार गरेर दाईले 10 बोरा धान भाइको धानको रासमा लगेर हालिदिन्छ…।

दुवै भाइहरुको मन मा हर्ष थियो … अन्न जति को त्यति नै थियो तर माया , हर्ष र स्नेह चाँही बढिरहेको थियो । (सोच राम्रो राख्नुभयो भने प्रेम आफै बढ्छ ………. यदि यस्तो प्रेम दाजुभाइमा भयो भने दुनियाको कुनैपनी ताकतले तपाईको परीवारलाई फुटाउन सक्दैन ।)

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...