रोकिएनन् स्वतन्त्र मधेसका गतिविधि, २४ घण्टा टिकेनन् सीके राउत



हाम्रो इकोनोमि

 

विहीबार सर्वाेच्च अदालतले छाड्ने आदेश दिएको भोलिपल्टै शुक्रबार स्वतन्त्र मधेस गठनबन्धनका अध्यक्ष सीके राउतले सरकारसँग ११ बुँदे सहमति गरे । त्यति मात्र होइन, उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग एउटै मञ्चमा बसेर राष्ट्रिय सभागृहबाट सम्बोधन पनि गरे ।

 

सरकारले सीके राउतले विगतका गल्तीबाट पाठ सिक्दै मुलधारको राजनीतिमा आएको दाबी गरिरहँदा राउतका गतिविधि भने फेरिएका छैनन् । उसो त शुक्रबार ‘राजीनितक सहमति घोषणा’ कार्यक्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग तुलना गर्दै सीकेको निकै प्रशंसा गरेका थिए ।

 

तर, सहमतिको मसी नसुक्दै नेकपाभित्र र बारिहबाट यसको आलोचना हुन थालेको छ । विभिन्न शंका गर्न थालिएको छ । र, यही शंकालाई बल पुग्ने गरि सहमतिको भावना विपरित राउतको गठबन्धनले गतिविधि गरिहेको छ । यसमा राउतले पनि सहयोग गरिरहेको देखिन्छ ।

 

सहमतिको २ नम्बर बुँदामा उल्लेख गरिरहेको ‘जनअभिमत’ शब्दावलीलाई आ–आफ्नै हिसाबले व्याख्या गर्न थालिएको छ । सरकारले निर्वाचनमार्फत समस्याको हल हुने बताएको छ भने सीके राउत र उनका कार्यकर्ताले सरकार जनमत संग्रह गर्न तयार भएको दाबी गर्दै प्रचार गरिरहेका छन् ।

 

सहमति घोषणा कार्यक्रममा पनि राउतले सरकार जनमत संग्रह गर्न तयार भएपछि सम्झौता भएको सार्वजनिक रुपमै उल्लेख गरेका थिए । तर, राउतपछि बोलेका प्रधानमन्त्री ओलीले न यसको खण्डन गरे न समर्थन । उनी यो विषयमा मौन बसे । जसले गर्दा शंका गर्ने आधार दियो । र, पछिल्लो समय सीके राउतका समर्थकले तराईमा सञ्चालन गरिरहेको गतिविधिले शंकाको घ्युमा आगो थप्ने काम भइरहेको छ । तर, सरकार यसमा मौन बसिरहेको छ ।

 

सहमतिविपरित राउतका कार्यकर्ताले सहमति भएको भोलिपल्ट नै सिरहा,  सप्तरी, सुनसरी लगायतका जिल्लामा स्वतन्त्र मधेसको झण्डासहित प्रदर्शन गर्दै आफ्नो जित भएको दाबीसहित नारावाजी गरेका छन् । भित्ते लेखन तथा, पर्चा–पम्पलेट, ब्यानर टाँस्ने काम गरेका छन् ।

 

गठबन्धन र राउतबीच भएको ११ बुँदे सहमतिको ६ नम्बर बुँदामा ‘स्वतन्त्र मधेस गठवन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताव, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामाग्री आदिलाई भविष्यमा कारवाहीको बिषय बनाईने छैन’ भनिएको छ ।

 

त्यस्तै, आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन भनिएको छ । तर, सीके राउत र उनका कार्यकर्ताले सहमतिको मर्मविपरित पुरानै गतिविधि दोहोर्याइहेका छन् ।

 

राउत स्वयमले पनि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा स्वतन्त्र मधेसका पक्षमा बल पुग्ने गरि प्रचार सामाग्री राखिरहेका छन् । सरकार जनमत संग्रह गर्न तयार भएको भन्ने प्रचार सामाग्री पनि सीकले सामाजिक सञ्जालमा राखिएका छन् । यसले सरकार र सीके राउत नेतृत्वको गठनबन्धनबी भएको सहमतिप्रति जर्बजस्त प्रश्न उब्जाएको छ ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...