देशभरका ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द
आज देशभरका म्यानमावर कम्पनी बन्द भएको छ। वैदेशिक राेजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम विस्फाेटकाे विराेधमा कम्पनी बन्द भएका हुन । शुक्रबार घरमै पार्क गरी राखिएकाे कारमा बम विस्फाेट गराइएकाे घटनाकाे भर्त्सना गर्दै आज देशभरका ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द गरिएकाे हाे।

अध्यक्ष गुरुङकाे घरमा भएकाे विस्फाेटका कारण पार्किङ गरी राखिएको गाडी पूर्णरुपमा ध्वस्त भएको थियो भने घरमा आगलागी भएर क्षति भएको भएको थियो। आगलागी काठमाडाैं महानगरकाे दमकल, प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए। घटनाकाे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले घटनाकाे जिम्मेवारी लिएकाे छ।

गजुरीबाट १०५ किलो चरेससहित तीन जना पक्राउ
धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय अनिल चौधरी र विन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह कानु रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले गजुरीस्थित पृथ्वीराजमार्गमा जाँचको क्रममा पक्राउ गरेको थियो । यात्रु नभएको बसमा धादिङको पोखरेखोलाबाट सो अवैध प्रतिबन्धित लागुऔषध गाडीमा हालेर ल्याइएको थियो ।


