आज बिहानै विमान दुर्घटनाग्रस्त, मेयर सहित १४ जनाको मृत्यु ! [नाम सहित]



हाम्रो इकोनोमि

 

 

आइतबार बिहानै भएको हवाइजहाज दुर्घटनामा ज्यान गुमाउँनेहरुको संख्या १४ पुगेको छ । कोलम्बियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको हो । कोलम्बियाको समथर राज्य मेटामा भिल्लाभिसेन्सिया नजिकै विमान दुर्घटनाग्रस्त भएको हो । कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणले विमानमा सवार सबै १४ जनाको ज्यान गएको जानकारी दिएको छ । ज्यान गुमाउनेमा विमानका मालिक, पाइलट, सह-पाइलट एक मेयर र उनका परिवार पनि रहेका छन् ।

 

राष्ट्रपति इवान डुके ट्विटर मृतक प्रति श्रदाञ्जली अर्पण गर्नु भएको छ । लासेर एइरेओ एयरलाइन्सको सो विमान दक्षिणी शहर सन जोसे डेल गुएभिएरेबाट भिल्लाभिसेन्सियाका लागि उडेको थियो । जहाजको इन्जिन फेल भएका कारण दुर्घटना भएको हुन सक्ने जानकारी दिइएको छ । अमेरिका निर्मित डगलस डीसी ३ विमान दुर्घटनाबारे अधिकारीहरुले अनुसन्धान गरिरहेको हुँदा कसरी दुर्घटना भयो भन्ने सक्ने अवस्था देखिएको छैन । एजेन्सी

View image on Twitter

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...