आज बिहानै विमान दुर्घटनाग्रस्त, मेयर सहित १४ जनाको मृत्यु ! [नाम सहित]
आइतबार बिहानै भएको हवाइजहाज दुर्घटनामा ज्यान गुमाउँनेहरुको संख्या १४ पुगेको छ । कोलम्बियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको हो । कोलम्बियाको समथर राज्य मेटामा भिल्लाभिसेन्सिया नजिकै विमान दुर्घटनाग्रस्त भएको हो । कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणले विमानमा सवार सबै १४ जनाको ज्यान गएको जानकारी दिएको छ । ज्यान गुमाउनेमा विमानका मालिक, पाइलट, सह-पाइलट एक मेयर र उनका परिवार पनि रहेका छन् ।

राष्ट्रपति इवान डुके ट्विटर मृतक प्रति श्रदाञ्जली अर्पण गर्नु भएको छ । लासेर एइरेओ एयरलाइन्सको सो विमान दक्षिणी शहर सन जोसे डेल गुएभिएरेबाट भिल्लाभिसेन्सियाका लागि उडेको थियो । जहाजको इन्जिन फेल भएका कारण दुर्घटना भएको हुन सक्ने जानकारी दिइएको छ । अमेरिका निर्मित डगलस डीसी ३ विमान दुर्घटनाबारे अधिकारीहरुले अनुसन्धान गरिरहेको हुँदा कसरी दुर्घटना भयो भन्ने सक्ने अवस्था देखिएको छैन । एजेन्सी


