सबैभन्दा सुन्दर महिलाको सूचीमा शृङ्खलादेखि हिमानीसम्म, अरु को–को कति नम्बरमा ?



 

नेपालमा यो बर्ष सबैभन्दा सुन्दर महिलाको सुचिमा मिस नेपाल शृङ्खला खतिवडा पर्न सफल हुनुभएको छ । उहाँ विश्व सुन्दरीको १२ औ नम्बरको सूचीमा समेत पर्नुभएको थियो । हुन त आकर्षक महिला–पुरुष यस्तै हुन्छन् भनेर ठोकुवा गर्ने वस्तुवादी एवं वैज्ञानिक मापदण्ड त छैन ।

 

कसैलाई कसैको आँखा मन पर्छ त कसैलाई पर्फेक्ट फिगर । कोही क्याडबरी ओठप्रति आकर्षित भैरहेका हुन्छन् त कसैलाई चकलेटी अनुहारले तानिरहेको हुन्छ । कोही अनुहारको वनावट त कोही रंगमा मुग्ध भैरहेका हुन्छन् । कसैलाई बौद्धिक सुन्दरताले लोभ्याइरहेको हुन्छ । त्यसैले सर्वस्वीकार्य ‘ड्रिम गर्ल’ वा ‘ड्रिम ब्वाई’को खोजी जटिल विषय हो ।

 

संसारभर फरक–फरक मापदण्डका आधारमा सर्वाधिक आकर्षक महिला–पुरुष खोजी गरिन्छ । त्यसमा सर्वेक्षण, जनमत, व्यवसायिक सफलता, प्रभाव, सामाजिक योगदान, बौद्धिकता, सुन्दरताजस्ता पक्षलाई आधार बनाइएको हुन्छ । आकर्षण महिला–पुरुष छनौटमा प्रायस्जसो मिडियामा छाइरहने, सेलिब्रेटी तथा सामाजिक भूमिका देखिएका व्यक्तिहरू नै पर्छन् । विगत १० वर्षदेखि प्रणय दिवसको अवसर पारेर साप्ताहिकले विविध क्षेत्र एवं ब्यवसायिक पृष्ठभूमिका प्रतिनिधि पात्रका मतका आधारमा नेपालका सर्वाधिक आकर्षक महिला खोज्ने जमर्को गरिरहेको छ ।

 

सर्वेक्षणका क्रममा सहभागीहरूलाई व्यक्तित्व, सुन्दरता, बौद्धिकता, काम एवं प्रभावलाई आधार बनाउन अनुरोध गरिएको थियो । ती प्रतिनिधिहरूले छनौट गरेको सूचीका आधारमा सबैभन्दा बढी मत पाउने १० जनालाई साप्ताहिकले सर्वाधिक आकर्षक महिलाकारूपमा छनौट गरेको हो । जसको सूची यस्तो छ ।

 

१, श्रृंखला खतिवडा : आर्किटेक्ट इन्जिनियरिङमा स्नातक हेटौंडाकी श्रृंखला खतिवडा मिस नेपाल वल्र्ड–२०१८ उपाधि जितेदेखि नै चर्चामा छिन् । उनी सौन्दर्यको सबैभन्दा ठूलो प्रतिस्पर्धा मिस वल्र्डमा एसिया एवं ओसियाना क्षेत्रबाट टप १२ मा मात्र पुगिनन्, ‘ब्युटी विद पर्पस’ तथा ‘मल्टीमिडिया’ एवार्ड समेत हात पार्न सफल भइन् । वामपन्थी पारिवारिक पृष्ठभूमिबाट सौन्दर्य प्रतियोगितामा उनको आगमन फरक घटना थियो । ५ फिट ६ इन्च अग्ली २३ वर्षीया श्रृंखलाको सौन्दर्य, बौद्धिकता तथा आकर्षक छविले धेरैलाई मोहित तुल्याउने गरेको छ ।

 

२, प्रियंका कार्की : जबरजस्त स्टारडम र आकर्षण लुक्स प्रियंका कार्कीका खास आकर्षण हुन् । सन् २००५ मा मिस टिनको उपाधि जितेपछि चर्चामा आएकी प्रियंकाको छवि ‘भर्सटाइल’ छ । ‘मेरो ‘ब्रेस्ट फ्रेन्ड’मार्फत चलचित्र उद्योगमा भित्रिएकी प्रियंका अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्री हुन् । युनिभर्सिटी अफ नर्थ एलाबा ९अमेरिका०बाट फिल्म मेकिङमा स्नातक गरेकी प्रियंका भिजे, कार्यक्रम प्रस्तोता, प्रोड्युसर, कोरियोग्राफर, गायिका, मोडल तथा डान्सर पनि हुन् ।

 

३, साम्राज्ञी राज्यलक्ष्मी शाह : चार वर्षमै जबरजस्त स्डारडम हासिल गर्ने अभिनेत्री हुन्– साम्राज्ञी राज्यलक्ष्मी शाह । उनले सन् २०१६ मा चलचित्र ‘ड्रिम्स’बाट डेब्यु गरेकी थिइन् । डेब्यु चलचित्रबाटै उनको सुन्दरता र उम्दा अभिनयको चर्चा सुरु भयो । २२ वर्षीया साम्राज्ञी वीरगन्जमा जन्मिएकी हुन् । आफ्नो सेक्सी फिगर, आकर्षक लुक्स, आम युवतीभन्दा पृथक र सौम्य उपस्थितिका कारण उनी युवाहरूमाझ ड्रिम गर्लको छवि बनाउन सफल छिन् ।

 

४, हिमानी शाह : घर्कदो उमेरमा अद्धितीय सुन्दरता र मोहनी लगाउने मादक मुस्कानले पूर्व युवराज्ञी हिमानी शाहलाई अझ खास बनाएको छ । अग्लो सिलित्त परेको जीउडाल, गोरो लाम्चो अनुहार तथा त्यसमै विशेष गरी बुनिएको बब शैलीको केस विन्यासमा उनी परीझैं देखिन्छन् । प्रायस् सारी, चोलोमा सार्वजनिक हुने शाहको ‘हृद्धयस्पर्शी मुस्कान’का प्रशंसक लाखौं छन् । काठमाडौंमा जन्मिएर यतै हुर्किएकी ‘सदाबहार सुन्दरी’ हिमानीको शालिनता एवं नम्र व्यवहारले सबैलाई मोहित तुल्याउँछ । उनी अहिले हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय छिन् ।

 

५, अदिती बुढाथोकी : अदिती बुढाथोकीको ‘ग्ल्यामरस लुक्स’को पर्याप्त चर्चा हुन्छ । ‘बोल्ड एन्ड ब्युटिफुल’ देखिनु उनको मुख्य विशेषता हो । मुम्बईमा बसेर बलिउड तथा दक्षिण भारतीय चलचित्रमा अवसरको खोजी गरिरहेकी यी २६ वर्षीया सुन्दरीले केही हिन्दी गीतका म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।

 

झापा, दमक पुख्र्यौली घर भएकी अदिती ५ फिट ५ इन्च अग्ली छन् । फेसन डिजाइनर आमाकी छोरी भएकाले पनि होला अदितीमा गजबको फेसन सेन्स छ । फिट रहन जिम तथा योग गर्ने अदिती भेजिटिरियन हुन् । सामाजिक सन्जालमा पनि उत्तिकै लोकप्रिय अदितीले ‘कृ’ बाट चलचित्र उद्योगमा डेब्यु गरेकी थिइन् ।

 

६, नम्रता श्रेष्ठ ; क्युट लुक तथा अब्बल अभिनय क्षमता नम्रता श्रेष्ठका मुख्य विशेषता हुन् । थिएटर तथा म्युजिक भिडियो हुँदै सुपरहिट चलचित्र ‘सानो संसार’मार्फत रजतपटमा आएकी नम्रताको आन्तरिक सौन्दर्य पनि प्रभावशाली छ । चलचित्रमा प्रायस् लभरगर्लका रूपमा प्रस्तुत हुने नम्रता धेरै आधुनिक युवाहरूकी ड्रिम गर्ल हुन् । उम्दा अभिनय क्षमताकी नम्रताले प्रतिष्ठित राष्ट्रिय चलचित्र पुरस्कारसमेत हात पारिसकेकी छिन् ।

 

७, सृष्टि श्रेष्ठ ; आकर्षक शारीरिक बनावटकी सृष्टि श्रेष्ठले ‘गाजलु’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी हुन् । श्रेष्ठ चितवनमा जन्मिएकी हुन् । सन् २०१२ की नेपाल सुन्दरी सृष्टि बलिउड अनप्लगड म्युजिक भिडियो ‘कभी जो बादल बरसे‘’ गीतमा अभिनय गरेपछि थप चर्चामा आएकी थिइन । सेक्सी फिगर तथा ओठको विशेष आकर्षणका कारण यी २९ वर्षीया सुन्दरी धेरैको रोजाइमा पर्छिन् ।

 

८: इन्दिरा जोशी : इन्दिरा जोशी पप गायनमा सर्वाधिक रुचाइएको नाम हो । स्टेजमा प्रस्तुत हुने आकर्षक शैलीका कारण ‘स्टेज क्वीन’को उपाधि पाएकी जोशी गायन रियालिटी शो नेपाल आइडलकी निर्णायक पनि हुन् । आकर्षण जीउडालकी धनी नवलपरासीकी इन्दिरा पप, आधुनिक मात्र होइन, चलचित्रको पाश्र्व गायनमा समेत उत्तिकै सफल मानिन्छन् । ५ फिट ७ इन्च अग्ली जोशी गायन रियालिटी शो ‘नेपाली तारा’ मार्फत गायन संसारमा भित्रिएकी हुन् ।

 

९, मेलिना राई : ‘मेलोडियस स्टार’ मेलिना राईले आधुनिक तथा पाश्र्व गायनमा अलग पहिचान बनाएकी छिन् । मोरङमा जन्मिएकी २६ वर्षीया मेलिना संगीतकार पिताकी पुत्री हुन् । ११ वर्षको उमेरमा पहिलो गीत रेकर्ड गराएकी मेलिनाले अहिलेसम्म १२ सयभन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेकी छिन् । उनका दर्जर्नौ गीत सुपर–डुपर हिट छन् । ‘नोभेम्बर रेन’बाट चलचित्रमा पाश्र्व गायन थालेकी ५ फिट अग्ली मेलिना शारीरिक रूपमा पनि उतिकै सुन्दर छिन् । अंग्रेजीमा स्नातक यी सुन्दर गायिका लाखौंको मनमस्तिष्कमा राज गर्न सफल छिन् ।

 

१०, आँचल शर्मा : गोरो अनुहार तथा आकर्षक जिउडालकी आँचल शर्मा पछिल्लो पुस्ताकी चर्चित अभिनेत्री हुन् । सन् २०१६ मा ‘नाइ न भन्नु ल–४’ बाट सिने नगरीमा डेब्यु गरेकी आँचल सन् २०१५ की मिस प्लस टु पनि हुन् । शर्माले अहिलेसम्म ५ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । काठमाडौं चावहिलकी २१ वर्षीया आँचल ५ फिट ५ इन्च अग्ली छिन् । खानपिनकी सौखिन आँचलले सोसल वर्कमा स्नातक गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको