पत्रकार ऋषि धमलाको कार दुर्घटना



हाम्रो इकोनोमि

 

काठमाडौं । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन् ।

आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेका हुन् । लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै गरेका धमला सवार कारमा मोटर साइकल ठोक्किन पुगेको थियो ।

दुर्घटनाबाट कार र मोटरसाइकलमा क्षति पुगेको छ । मोटरसाइकल चालक पनि घाइते भएका छन् । धमलाका गाडीका चालक गम्भीर घाइते भएका छन् । चालकलाई अस्पताल भर्ना गरिएको छ ।

अनियन्त्रित गतिमा आएको मोटरसाइकल धमला सवार कारमा ठोक्किएको थियो । कार र मोटसाइकल दुर्घटनाबाट धमला सामान्य घाइते भएका छन् ।

सामान्य घाइते भएपनि धमलाले नेपाली रेडियो नेटकर्वबाट सञ्चालित बहस कार्यक्रम आइतबार बिहान चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...