‘सिके राउतसंगको सहमति मान्दैनौ, गृहमन्त्रीको राजिनामाबारे पार्टीमा छलफल हुन्छ’: भीम रावल



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन् । नेता रावलले सरकार र सिके राउत बीच भएको सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामाबारे अब बस्ने बैठकमा छलफल हुने बताउदैँ नेता रावलले भने, ‘अब बस्ने पार्टीको बैठकमा गृहमन्त्रीको राजीनामाको विषयमा छलफल हुन्छ ।’

 

शनिबार रिपोटर्स क्लवले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले राउतसंग भएको सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई बैद्यता त प्रदान गर्दैन् ? भन्दै प्रश्न समेत गरे । नेता रावलले भने, ‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन् । सरकारले त्यस्तो प्रयास गर्नुपर्छ । तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन् ।’

 

उनले देशलाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दलहरु एकजुट हुनु पर्ने भन्दै यसमा कसैको विरोध नहुने बताए । ‘राउतजीले म अब नेपालको संविधानअनुसार शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थेँ’ उनले भने, ‘तर, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन्,उहाँले यसअघि राष्ट्र विरोधी र देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्ति दिनुभएको थियो, ती सबै गलत हुन र म फिर्ता लिन्छु भनेर एक शब्द पनि बोल्नुभएन ।’

 

रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्देश्य, गन्तव्य र स्पष्ट धारणा हुनुपर्नेमा सिके राउतसँग सम्झौता गर्दा कुनै विषयमा पनि ख्याल नगरिएको आरोप लगाए । ‘राउतजीले यदि नेपालको संविधानअनुसार अघि बढ्छु र यसअघि देश टुक्र्याउने र विखण्डनकारी अभिव्यक्ति दिएकोले अब म फिर्ता लिन्छु भनेर भन्नुपर्दथ्यो’ उनले भने ।

 

स्वतन्त्र मधेशको अर्थका बारेमा प्रधानमन्त्रीले नेपाली जनतालाई स्पष्ट जवाफ दिनु पर्ने बताए । उनले आफ्नै पार्टीका कतिपय साथीहरुले स्वतन्त्र मधेश संगठन भनेको त नाम हो भनेर हाँस्यस्पद तर्क गरेको पनि आरोप लगाए । रावलले सिके राउतले स्वयं आफ्नो फेशवुक पेजमा जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो भनेर पोष्ट गरेको सुनाए । ‘उहाँले फेशबुकमा यस्तो कुरा लेख्नुभएको छ, उनले भने, ‘स्वतन्त्र मधेशका सबै मुद्दाहरु फिर्ता लिनपनि सरकार सहमत भयो भनेर उहाँले लेख्नुभएको छ, यो निकै आपत्तिजनक हो ।’

 

शुक्रबार भएको सहमति नेपालको संविधानविपरित र पार्टीको विधानविपरित भएको उनको टिप्पणी छ । रावलले कसको स्वार्थमा सहमति गरियो रु भन्दै सरकारलाई प्रश्न गरे । उनले यति ठूलो संवेदनशिल विषयमा सहमति गर्दा पनि पार्टीभित्र छलफल नगरिएकोमा आक्रोश पोखे । उनले थपे,‘यस विषयमा बहस हुनुपर्छ, यसले भोलि सिँगो राष्ट्र र पार्टीलाई क्षति हुन्छ, भोलि देश र जनता नै प्रताडित हुने अवस्था आउँछ ।’

 

उनले आफूले हिजोको ‘सहमति कार्यक्रम’ प्रत्यक्ष प्रशारणमा हेरेको सुनाउँदै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई पार्टीकै अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुलना गरेकोमा दुःख व्यक्त गरे । रावलले प्रधानमन्त्री ओलीले राउतलाई दार्शनिक भनेर सम्बोधन गरेकोमा पनि आश्चर्य प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस
रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना

हामीसँग ३२ सीटको म्याजिक संख्या छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको

एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित

     नेकपा एमाले इलामको ११ औं जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा चयन

जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी