बाबुराम किन बोक्दैछन विप्लवलाई



हाम्रो इकोनोमि

 

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले नेकपा विप्लव समूहबारे प्रधानमन्त्रीले प्रयोग गरेको शब्दप्रति असन्तुष्टि जनाएका छन् ।शनिबार गृहजिल्ला आएका भट्टराईले देश विखण्डन गर्छु भन्ने पक्षसँग नरम भएर विप्लवप्रति कठोर हुन नसुहाउने बताए । ‘सरकार सिके राउतप्रति नरम भएर प्रस्तुत हुँदा विप्लपप्रति कठोर व्यवहार गरिनु शोभनीय हुँदैन’ उनले भनेका छन् ।

 

देश विखण्डन गर्छु भन्ने पक्षसँग उदार भएर प्रधानमन्त्रीले सहमति गरेको भन्दै उनले विप्लव समूहलाई पाि त्यही सम्बोधन गरी समाधान खोज्नुपर्ने भन्दै भट्टराईले भने, ‘विप्लव नेतृत्वको दलको माग राजनीतिक रुपमा समाधान गर्नुपर्छ ।’ यद्यपि विप्लवले लिएको बाटो गलत भएको बताए ।

 

पूर्वप्रधानमन्त्री भट्टराईले सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिप्रति असन्तुष्ट जनाए । ‘राजनीतिक रुपले असन्तुष्ट राख्नेसँग वार्ता बाटै समस्याको हल गर्नुपर्छ भन्ने मेरो पनि मान्यता हो,’ उनले भने, ‘तर सिके राउतको राजनितिक परिवर्तन र अधिकार नभएर देशलाई बिखण्डन गर्ने माग हो ।’

 

सहमतिको दोस्रो बुँदामा दोहोरो अर्थ लाग्ने भाषा प्रयोग भएको भन्दै उनले भने, राउतले बोल्ने क्रममा मुख्य माग जनमत संग्रह नै हो भनेका छन्, यसले गम्भिर ढंगको प्रश्न उठेको छ । त्यसो हो भने देश र जनता प्रति ठुलो धोका हुन्छ ।’

 

राष्ट्रिय अखण्डता र जनतामानिहित सार्वभौमसत्तामाथि जनमत संग्रह हुन नसक्ने उनले बताए । भट्टराईले यसबारे प्रष्ट पार्न सरकारलाई आग्रह समेत गरेका छन् ।

 

नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले थारु विऽोहको सिलसिलामा मुद्धा लागेका रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाउँदा थुनामा रहेका राउतलाई भने कार्यपालिका र न्यायपालिकाको सेटिङमा छुटाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...